नेपाली शब्दकोशको एउटा शब्द ‘भाउदो’ जुन शब्दलाई हामी ‘भाउतो’ भनेर सुन्थ्यौ, अझै पनि भाउतो भनेर सुन्छौ, उच्चारण गर्छौ, तर खास रुट शब्द ‘भाउदो’ रहेछ। खैर, ‘भाउदोु शब्दको अर्थ ‘बित्तामा आइपरेको आपत्ति’, कठिनाइ अथवा अनाबश्याक झन्झट भनेर अर्थ्याइञ्छ। अंग्रेजीमा अनुबाद गर्दा (Unnecessary hassle) भनेर गरिन्छ। नेताको पछिल्लो प्रत्येक अभिव्यक्ति र ब्यबहारमा प्रतिबिम्बित भएका शब्दको अर्थ हेर्दै नियाल्दै गर्दा हामीलाई आभास हुन्छ ती सबै खालको शब्दमा, ब्यबहारमा ‘भाउदो’ भेट्छौ।
बोलेको अभिव्यक्तिमा मात्र होइन करिब तीन बर्षको शासनकालमा बसेर गरेका केहि काममा पनि ‘भाउतो’ नै भेट्छौ। यहि ‘भाउतो, भाउतो’ काम र अभिव्यक्तिले पार्टी भित्र ब्यापक अस्वच्छ अन्तरसंघर्ष र अन्तरविरोधको बिज अङ्कुरण हुन गयो। जसको फलस्वरूप नेपालको कम्युनिष्ठ आन्दोलन र एतिहासिक कम्युनिष्ठ सरकार ढल्न पुग्यो।
हामीले बुज्नु पर्ने कुरालाई ख्याल गर्दै गर्दा स्वार्थजन्य बिचारहरु, दृष्टिकोणहरु, अभिव्यक्त हुने पक्षहरु माझमा आफ्नो अस्तित्व र सर्बोच्चता कायम राख्नको लागि द्वन्द चलि नै रहन्छ। समग्र मानब समाज र समय गतिशील छ भन्ने दोषी प्रमाण त्यहि द्वन्द बाट उत्पन्न हुने घर्षण नै हो। प्रत्येक अभिव्यक्ति, बिचार, चाहना इच्छा, आकांक्षा र पक्ष-विपक्ष बिचको द्वन्द र घर्षण नहुने हो भने समग्र मानब समाज चलायमान र गतिशील हुदैन। तर प्रश्न कहा निर थियो बिचार अभिव्यक्तिको सवालमा कुनै ठोष प्रमाण आधारहीन, यथास्थितिबाद र अहंकारको प्रतिबिम्ब स्पस्टरुपमा झल्किन छ भने त्यो भौतिकबादी द्वन्द होइन र त्यसको घर्षणमा कुनै पनि शक्तिको सिर्जना हुदैन।
स्वभाबैले हामी यस्तो भैदियोस उस्तो भैदियोस भनेर कामना र कल्पना गर्छौ, यो एउटा भाबुक मनोगत तृष्णा मात्र हुने गर्छ। निर्मम भौतिक बस्तुको चापको परि हामीले गरेका यस्ता कल्पनाहरु सधै चकनाचुर हुन्छन, जब उज्यालो र अध्यारो बिचको द्वन्दमा जो कसैले तटस्थाको नाटक गर्दै यसको पनि उसको पनि गर्दै जस्ताको पनि झोला तुम्बी भिरेर हिड्ने मनुवाहरु ‘नेता’को भाउदो खालको ब्यबहार र शब्द सग ठ्याक्कै काटिकुटि सुहाउछ ।
पार्टी भित्रको ब्यापक बैचारिक छलफल र बहसको माद्द्यमबाट निश्चित गन्तव्यको चलायमान उडान सहित ठोस प्रगतिशील परिणाममा सधै अग्रगामी छलाङ्ग हुनुपर्थ्यो, अझ भन्ने हो भने बैचारिक र नैतिक क्षयीकरणको अधोमुखी यात्रामा पार्टीको रुप दिनानुदिन सकिन्दै गयो। यत्रतत्र ‘सर्बत्र’ भने झैँ उही भाउदो खालको ब्यबहारले प्रभाब पार्यो । पार्टी भित्र बिचार छुट्यो, पार्टी भित्र छलफल छुट्यो, पार्टीमा श्रमिक छुट्यो, दलाल बाँकि रह्यो, पार्टीमा समूह छुट्यो, ब्यतिबाद र अहंकार छुट्यो, भोग बाकि रह्यो।
पार्टीमा इम्मानदार कार्यकर्ता छुटे, भ्रष्ट्र मानसिकताले विछिप्त भएकाहरु बाँकि रहे। पार्टी भित्र पृथक-पृथक स्वार्थ बोक्ने बिचार र पात्रहरुको बाझो चलिरहदा नैतिकवान प्रगतिशील बिचार भएकाहरु किन तटस्थ बस्ने ? यदि यो अवस्था तटस्थ बस्ने हो भने बैचारिक रुपमा अकर्मण्यता हो, पाखण्ड हो। तटस्थाको अर्थ त बिचारको मृत्यु पो हो । प्रतिगमन मतियारहरुको स्वार्थमा चिरा पारेको समाजमा अग्रगामी बिचारकर्मीहरु गोलाकार हुन जरुरि छ ।
हामी साधरणा जनताले बुझ्दा स्वाभिमानी र क्रान्तिकारीहरुको सहि बिचारबाट निस्कने प्रत्येक अबयबहरुले परिबर्तनको राको बालेको हुन्छ, यथास्थितिलाई भत्काई दिएको हुन्छ। बिसर्जनबादको प्रत्येक आर्कमा रुपान्तरण र गतिशील पाइलाहरुले खुट्टा उचालेको हुन्छ, तर यहाँ उल्टो दिशामा घुमेको बिचार लादिएको छ, प्रतिक्रान्तिको प्रसंशा गरिएको छ, सारा बिधि र पद्दतिमा निर्मम प्रहार गरिएको छ। यसरि सरासर दिउसै रात पार्न खोज्दा सचेत आम बुद्दिजिबि, युबाहरुले आफ्नो भूमिका निभाउनु पर्दैन र ? एक जना लेखक- आण्टिनिया ग्राम्सिले लेख्या जसरि हाम्राे नेपालको राजनीतिक घटनालाई नियाल्ने हो भने ठिक यहि कामहरुलाइ राजनीतिक संस्कारको रुपमा अभ्यास गरिदै छ। मुट्ठिभरको परिच्छेन्द बौद्दिक भनौदाहरुले यस्ता मर्यदा, मुल्य मुल्य मान्यताको आधारमा बर्चस्व निर्माण गर्दै आफ्नो अनैतिक, अपाच्य धारणाहरु आम जनता माझ जन लादन लागिरहेका छन्।
त्यसै अनुरुप राज्यसत्ताको शक्तिलाई दुरुपयोग गरिरहेका छन्, यस्तो काम नैतिकतावान नेतृत्वले गर्न चाहदैन। सत्ताको आखाँबाट सधै चेतनशील जनताले बेलाबखत गर्ने स्वाभिमानपुर्ण आन्दोलनहरु, क्रान्तिहरु, आफ्नो अधिकारको मागहरु एकछिनको लागि झैँ-झमेलो जस्तो ठान्छन तर अन्ततोगत्व यो ठोस अर्थपुर्ण निर्णयको लागि सुरुवात गरिएको हुन्छ। हाम्रो मुलुकको अवस्था त झन्झ-न् हाम्रो दृष्टिमा सोझै चिन्ताक हुदै छ।
नेपाली कम्युनिष्ठ आन्दोलनलाइ एउटा स्वर्णिम युगमा पुर्याउने अवसर हुदाहुदै के ‘भाउदो’ आइपर्यो र सारा आन्दोलनमा ब्यापक सहयोग पाइराख्दा बिसर्जनाबादी मानसिकताले काम गर्यो र फेरी उही अस्थिर राजनीतिको सुरुवात भयो। अस्थिर राजनीतिको लामो समयाधिको अन्तराल पछि आशातित किरणहरु झुल्किएको थियो। जहाँ स्थाई राजनीतिको पर्दा सगै झुल्कियका किरणले न्यानो आभासको प्रत्याभूत गरि समाज रूपान्तरणकाे मार्ग तय गर्ने छ।
तर त्यसो हुन सकेन, ‘भाउदो’वाला नेताको निहित स्वार्थमा गलत बाटो अगाल्दाका परिणाम सिंगो पार्टी सहित जनताले भोग्नु परेको छ। झन्डै दुइ तिहाइ बहुमतका साथमा बलियो सरकार बनेको थियो। तर काम भएन, सिंगो पार्टीलाइ तहस-नहस गरेर गलत बाटोमा हिड्दा आज जनताले धेरै समस्या भोगिरहेका छन्।
अन्तत : कुन बिचार र सिदान्तलाई अङ्गीकार गर्ने, कुन बैचारिक धरातललाइ परिमार्जित गरि अद्ध्याबधिक गर्नु पर्ने कुराको दस्ताबेजमा अभिलेखकिकरण छैन। यसरि ‘भाउदो’ काम र ब्यबहारमा नयाँ परिष्कृत बिचारको संकल्प सहित देश जनताको हितमा काम गरे सबैको भलो होला।