काठमाडाैं- युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डमा बि भिन्न ब्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समितिमा बर्ष २०२१–२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन २०११ देखि एनआरएनएको बिभिन्न समितीमा रहेर काम गरेको अनुभव संगालेका गुरुङले ‘अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५–१७ मा अध्यक्ष बनेका थिए ।
त्यस्तै २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुदै उनले वर्तमान कार्यकाल २०१९–२१ मा युवा समितीको कोर्डिनेटर जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिती, गतिविधी र अभियानहरुलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।
कास्की जिल्ला स्थित पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका उनले उम्मेद्वारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए । हरेक विपदका साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरुलाई बिभिन्न रुपमा सहयोग समेत गर्दै आएका उनले आफूले बोलेको कुरा कुनै हालतमा पूरा गरेर देखाउने बताए । आफ्नो उम्मेदवारीले विश्वभर छरिएर रहेका नेपाली युवाहरुमा उत्साह जगाएको भन्दै उनले युवा एकता आजको आवस्यकता रहेको समेत बताएका छन् ।
सरल र मिझासिलो स्वभावका गुरुङ संघको संस्थागत विकासमा परिपक्वता भएका अभियान्ताका रूपमा परिचित छन् । बिश्वभर फैलिएको एनआरएनएको संस्थागत बिकास र संस्थाको मर्मसंगै भावना अनुरुप एकता आवश्यक रहेको भन्दै उनले आफ्नो कार्यकालमा युवा एवं दोस्रो पुस्तालाई नेपालप्रति समिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।
त्यस्तै उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सृजना गर्न भुमिका खेल्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यससंगै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी समेत लिने उनले बताए ।