गोरखा- सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मंगलबार सिरानचोक गाउँपालिकाबाट ३२ वर्षीय दिदीलाई करणी गरेको आरोपमा २६ बर्षीय भाईलाई पक्राउ गरेकाे हाे ।
युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ । पीडित भनिएकी महिलाले घटना भएलगत्तै श्रीमान्, जेठानीलगायत घरका अन्य सदस्यलाई बताएपछि आरोपित भागेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरीका अनुसार आरोपितमाथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट बुधवार ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।
पछिल्लाे समय गाेरखाका विभिन्न स्थानीय तहमा यस्ता घटनाहरू घटिरहेका छन् ।