काठमाडाैं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
१० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ । यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।