विराटनगर- नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।
मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका इनूवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए ।
प्रदेश १ को मुख्यमन्त्रीमा आजै आचार्यले सपथग्रहण गर्ने कार्यक्रम थियो । उनलाई एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ । भाइको मृत्यूपछि सपथग्रहण कार्यक्रम स्थगित हुनसक्ने अनुमान गरिए पनि औपचारिक सूचना आएको छैन ।