सिन्धुपाल्चोक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटाबारे विवादित अभिव्यक्ति दिएका छन्।
गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा उनले सापकोटाबारे विवादित टिप्पणी गरेका हुन्।
सापकोटा उनकै कु-कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गरेका छन्। कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जेल जान सक्ने उनको तर्को थियो।
‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो। उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले अगाडि भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा) बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ।’
उनले सरकारी जमीन सापकोटाको मान्छेको नाममा पास गरिएको पनि जिकिर गरे। सापकोटाले गरेको पाप धुरीबाट कराउने समय आइसकेको पनि उनले बताएका छन्।
सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि उनले जिकिर गरे। ‘अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन्। काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ’, उनले भने, ‘नेताहरू उहाँ जस्तै अपराधी हुनु भएन।’
भिडियाे