गोरखा- नेपाली कांग्रेस गाेरखाकाे कृयाशिल सदस्य १२ हजार २१५ पुगेकाे छ । शनिबार केन्द्रिय कार्यालयले प्रकाशित गरेकाे सुची अनुसार जिल्ला भर कांग्रेसकाे ५ हजारभन्दा बढि सदस्य बढेकाे हाे ।
१३ औँ जिल्ला अधिवेशनमा ७ तहजार सदस्य संख्या रहेकोमा १४ औँ अधिवेशनमा ५ हजार भन्दा धेरै थपिएका हुन्। पार्टी कार्यालय अनुसार गोरखाको निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।
सबैभन्दा धेरै गण्डकी गाउँपालिकामा १ हजार ४ सय ६ जना, भीमसेन थापा गाउँपालिकामा १ हजार ३ सय ८० जना, गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म १ हजार ५३ जना, शहीद लखन गाउँपालिकामा ९ सय ८८ जना, आरुघाट गाउँपालिकामा ९ सय ७९ जना, चुमनुब्री गाउँपालिकामा ४ सय दुई जना छन् भने धार्चेमा ३ सय ८२ जना क्रियाशील सदस्य रहेका छन् ।
यस्तै, पालुङ्टार नगरपालिकामा १ हजार ४ सय ६२ जना, सिरानचोक गाउँपालिकामा १ हजार ३ सय ८९ जना, अजिरकोट गाउँपालिकामा १ हजार ९२ जना, बारपाक सुलीकोट गाउँपालिकामा ८ सय २७ जना, र, गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्म ७ सय ५० जना क्रियाशील सदस्य रहेका छन् ।
यसपटकदेखि नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिको निर्वाचनका लागि मतदान पालिकाबाटै हुने भएको छ । पालिकाभित्रका क्षेत्रीय प्रतिनिधिहरुले आ–आफ्नै पालिकामा रहेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। १४ औँ महाधिवेशनका लागि गत असोज महिनादेखि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य सुरु गरेको थियो ।
गाेरखामा निर्वाचन* अधिकृत ताेकिए
आसन्न १४ औं महाधिवेशन अन्तर्गत गोरखाका लागि निर्वाचन अधिकृत तोकिएको छ । गोरखामा अधिवेशनका कार्यक्रम सम्पन्न गर्नका लागि केन्द्रिय निर्वाचन समितिले अधिवक्ता बेदबहादुर महतलाई जिल्ला निर्वाचन अधिकृत तोकेको हो । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ गते वडाको अधिवेशन हुँदैछ ।
यस्तै भदौ २७ गते गाऊँपालिका तथा नगरपालिका, असोज १ गते प्रदेश निर्वाचन क्षेत्र र असोज १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । प्रदेश अधिवेशन असोज १० देखि १२ गतेसम्म र केन्द्रिय महाधिवेशन मंसीर ९ देखि १३ गतेसम्म गर्ने गरि काँग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
जिल्लामा खटिएका निर्वाचन अधिकृतले वडा, पालिका र प्रदेशको निर्वाचन प्रतिनिधि तोकेपछि निर्वाचनका कार्यक्रम औपचारिक रुपमा अघि बढ्ने नेपाली काँग्रेस गोरखाले जनाएको छ । जिल्लामा क्रियाशिल सदस्यताको टुंगो लागिसकेको र अब अधिवेशन सम्बन्धी कार्यक्रमका लागि कुनै वाधा ब्यवधान नरहेको काँग्रेसले जनाएकाे छ ।