काठमाडौं– कांग्रेस नेता गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्।
सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले यस्तो घोषणा गरे। ‘मैले कार्यकर्ता भेलामा औपचारिक घोषणा गरेको हुँ’, उनले भने, ‘म महामन्त्रीको उम्मेदवार बन्छु।’
थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारितापूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो ।
१३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । गत बर्ष दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको उनले बताएका छन् ।