काठमाडाैं- प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन जारी गर्दै विभाजनकारी गतिविधिमा लाग्नेको सशक्त विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको उक्त निर्देशनमा विभाजनको पक्षमा नलाग्न पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूलाई भनिएको छ।
‘पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति र तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नुपरेको छ’, ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्।
गत साता सकिएको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन उक्त अपानि जारी गरिएको हो। उक्त निर्देशनमा ओलीले असहज परिस्थितिको मिलेर सामना गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
‘केन्द्रीय कमिटी बैठकले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गरेको छ’, अपानिमा भनिएको छ, ‘कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेलाई बिना भेदभाव पार्टीमा स्वागत गरिनेछ।’
१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो प्रदेशको जिम्मेवारी
एमालेले पार्टी विभाजन गराउनकै लागि हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको जनाएको छ।
‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ,’ अपानिमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशित गर्छौँ।’
गरेको छ ।
ओलीले गत असार २७ गते एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिइएको छ। उक्त सहमति कार्यान्वयनका लागि ३२ नेतालाई जिम्मेवारी दिइएको हो।