काठमाडौं- आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो । इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।
ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।
नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ । घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए ।
१७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ ठाउँमा टायर बालेर विरोधकर्ताहरुले नाराबाजी समेत गरेका थिए । त्यस्तै विरोधमा उत्रिएकाहरुले मधेशीमुलकमा नागरिकलाई समेत आफ्नो निशानाको तारो बनाएका थिए । इराकमा नेपालीको हत्याकाण्ड र राजधानीमा म्यानपावरमाथी अराजक तरिकाले भएको आक्रमणको आज १७ वर्ष पुरा भएको छ ।
यस दिनलाई वैदेशिक रोजगार व्यवसायी संघ संस्थाले कालो दिनका रुपमा मनाउँदै आएका छन । अवाञ्च्छित तरिकाले म्यानपावरमाथी भएको आक्रमणको विरोधस्वरुप आजको दिन वैदेशिक रोजगार व्यवसायीहरु आफ्ना कार्यालयहरु बन्दगर्दै आएका छन । तर, प्रतिबन्धका बाबजुद इराक र अफगानिस्तानका अमेरिकी युद्धमा आवश्यक पर्ने सस्तो कामदारको खोजीमा रोजगारदाता कम्पनीहरूले नेपाली एजेन्टहरूसँग मिलेर अवैध रूपमा नेपाली ओसार्ने काम अहिले पनि रोकिएको छैन ।
अवैध रूपमा इराक पुगेका नेपालीले कुर्दिस्तान प्रवासी नेपाली समाज, नेपाल तामाङ घेदुङ कुर्दिस्तान, नेपाली महिला समाज कुर्दिस्तान, कुर्दिस्तानी प्रवासी नेपाली समाज सुलेमानीका र गैरआवासीय नेपाली संघ इराक शाखासमेत खोलिसकेका छन् ।
के थियो घटना ?
२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे । कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।
अपहरणमा परेका आफ्ना नागरिकको मुक्तिका लागि नेपाल सरकाररपरराष्ट्र मन्त्रालयले इराकी सरकारमार्फत लगातार अपिल गरिरहेकाे थिए । तर भदौ १५ गते साँझ टाउँको काटिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भयो । उक्त भिडियो सार्वजनिक भएको केही क्षणमा नै नेपाल भर फैलिएको थियो । आफ्ना नागरिकको रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए । त्यो ऋदयविदारक भिडियो सार्वजनिक भएसँगै भदौं १६ गते काठमाडौं उपत्यकामा स्वत स्फूर्त रुपमा मानिसहरु सडकमा आए र हत्या काण्डको विरोध गरे ।
उनीहरुले सरकारको आलोचना गरे र विदेश पठाउने म्यानपावर कम्पनीमाथि आफ्नो रिस पोखे । त्यसक्रममा राजधानीमा रहेका अधिकांश जसो म्यानपावर कम्पनीमाथि आक्रमण भएको थियो भने सञ्चार गृहमा समेत तोडफोड भएको थियो । आक्रोशित बनेका आन्दोलनकारीले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति व्यक्तिमाथि आक्रमण गर्न थाल्यो ।
धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छैन । तर गैर कानूनी रुपमा भने अझै पनि विभिन्न माध्यमबाट नेपालीहरु वैदेशिक रोजगारीका लागि इराक गइरहेका छन् ।
याे पनि,
इराकमा छटपटिँदै नेपाली इराकमा रहेका नेपाली भन्छन् : घरभित्रै बस्नुस, सजग रहनुहाेस !
अमेरिका इरान विवाद : के छ इराकमा रहेका नेपालीको अवस्था?
भिजिट भिषामा इराक : गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल [भाग-२]
राेजगारीकाे नाममा इराकमा माैलाउदै ठगी, नेपालीले नेपालीलार्इ नै यसरी ठग्छन् ! [भाग- ३]
भिजिट भिषामा इराक : गतव्य युराेप [भाग- ४]
साेचे जस्ताे सजिलाे छैन इराकमा !
इराकमा रहेका ५० हजार नेपालीकाे राेजगार गुम्दै, भन्छन्- ‘हामी पनि नेपालकै नागरिक हौं सरकार !’
श्रममन्त्रीलाई इराकबाट खुल्लापत्र – ३० हजार श्रमिकको रोजगारी ग्यारेण्टी गरियोस
सरकारले रोक्यो अफगानिस्तान, लिबिया, इराक र सिरियाको श्रम स्वीकृति, भिजिट भिसामा पनि कडाइ
बगदादमा आईएसले गर्याे ६ महिनायताकै घातक बम बिस्फोट : २५ को मृत्यु, दर्जनौं घाइते