गोरखा– नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन गाेरखासहितका अन्य जिल्लामा शुक्रबारबाट सुरू भयाे । गाेरखाका ११ वटा स्थानीय तहका ९४ वडामा शुक्रबारबाट महाधिवेशनकाे प्रकृया सुरू भएकाे हाे ।
महाधिवेशनमा जिल्लस्तरका नेतामात्रै नभइ केन्द्रका नेतासमेतकाे हालीमुहाली भएपछि स्थानीय तहमा राजनीति गर्दै अाएका नेता कार्यकतामा नयाँ सञ्चार पैदा भएकाे छ ।
तर, महाधिवेशनमा वडास्तरबाट प्रतिनिधि हुन नपाएकाे भन्दै भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष विनु वाग्लेले नेपाली कांग्रेस परित्याग गरेकाे घाेषणा गरेकी छिन्। २०७४ काे स्थानीय निर्वाचनमा गाउँपालिकाबाट उपाध्यक्ष बनेकी वाग्लेले कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
उनले लेखेकी छिन- आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु। तर, याे समाचार तयार गर्दासम्म उनले त्याे पाेस्ट हटाएकी छिन् ।
भएकाे के थियाे
महाधिवेशनमा जिल्ला स्तरका नेतादेखि सकृिय कृयाशिल सदस्यसमेत उपस्थित भएका थिए । उनीहरूले आफ्नो-आफ्नो उम्मेदवारी दर्ता गरिरहेका थिए । तर, उपाध्यक्ष वाग्लेले भने वडा प्रतिनिधि पाउने छाँट देखिन्न। १० जना वडा प्रतिनिधि हुन पाउने नियम भएपनि उनी १० जना भित्र पर्न नसकेपछि बेलुकातिर सामाजिक सञ्जालमा पार्टी नै परित्याग गरेकाे घाेषणा गरिन् ।
भिमसेन थापा गाउँपालिका-१, मसेलमा वडा स्तरीय अधिवेशनकाे कार्यक्रम थियाे । विभिन्न विवादबीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उपाध्यक्ष वाग्लेले पार्टी छाडेको घोषणा गरेकी हुन्। यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् । तर, जिल्ला स्तरका एक नेता भने वडाबाट प्रतिनिधि हुन नपाएकाे भन्दै उनले राजिनामा दिएकाे तर्क गर्छन् ।
वाग्ले गत स्थानीय निर्वाचनमा गाउँपालिकाबाट माओवादी केन्द्रका उम्मेदवार लीला श्रेष्ठलाई करिब ९ सय मतले पराजित गरी विजय भएकी थिइन्। गाेरखा सन्देशले उनले प्रयाेग गर्ने निजि सम्पर्क नम्बरमा कल तथा मेसेज पठाएपछि उनी सम्पर्कमा आउन चाहिन्न ।