गोरखा- सामान्यतयः एउटा संस्थाको साधरणसभा तथा बैठक कुन समय र कहिले हुने हाे लगभग पहिल्यै नै तय भएको हुन्छ । तर, गोरखा नगरपालिका–१, ताप्लेको एक सामुदायीक वनको चार बर्षसम्म बैठक तथा साधरण सभासमेत नभएकाे भेटिएकाे छ ।
प्राप्त सुचना अनुसार, साविकको ताप्ले गाविस वडा न ७, ८ र ९ काे क्षेत्रमा पर्ने गैडेपाखा सामुदायीक वनका पदाधिकारीले आफुखुसि वनको पैसा भोगचलन गदैं आएको र वन ऐनको धज्जी उडाँउदै वनको सम्पतीमा रजाँई गरेकाे भेटिएकाे हाे । कतिसम्म भने, सामुदायीक वनको बैठक तथा साधारण सभा समेत नबसी भएकाे आम्दानी तथा खर्चको वेवस्था गदैं पदाधिकारीले त्यसरी वनको सम्पति भोगचलन गरेका हुन् ।
वनको अध्यक्ष रविलाल रेग्मी छन् । भने सचिव हरि भट्टराई हुन् । वनको पैसामा अध्यक्ष रेग्मी, सचिव भट्टराई तथा गाेरखा नगरपालिकाकाे नगर वन महासंघको सदस्य तोयानाथ धिमिरे मिलेर आफुँखुसि वनको पैसामा रजाँई गरेका हुन् । अध्यक्ष रेग्मीले ४ लाख, सचिव भट्टराईले ८२ हजार र घिमिरेले १ लाख पैसा ४ बर्षदेखि निर्जव्याजी वनकाे पैसा चलाएका छन् । उनीहरुले सामुदायीक वनको पैसामा निव्याजी पैसा चलाउन पाएपछि वनको साधरण सभा नै गर्न नसकेकाे स्रोत दावी गर्छ ।
गत माघ-फागुनमा वन क्षेत्रमा १ हजार चारसय पचास क्युफिट काठ कटानबाट प्राप्त हुन आएको ६ लाख ६२ हजार रकममा पदाधिकारीले आफुुखुि निव्याजी पैसा चलाएका हुन् । सामुदायीक वन नियमावलीको नियम ३६ को उपनियम (३) मा हरेक आर्थिक बर्षमा लेखा परिक्षण प्रतिवेदन तयार गरि साधारण सभाबाट पारित गर्नुपर्ने नियम छ । तर, सामुदायिक वनका पदाधिकारीले ऐन, कानुनको धज्जीँ उडाँउदैं मनलाग्दी रकम खर्च गरेका छन् ।
१० बर्षअघि स्थापना भएको एक समुह सामुदायिक वनमा परिर्णत भएपछि साविकको समितिले जिम्मेवारी हस्तान्तरण गर्दा करिब १ लाख ६२ हजार नगद बैंकमा मौजाद रहेको थियो । तर, वनका सचिव भट्टराई भने हाल वनको नाममा सञ्चालित बाणिज्य बैंक गाेरखा शाखामा ३ हजार मात्रै नगद मौजाद रहेको बताउछन् । तर, त्यो रकम पनि संस्था सञ्चालनका लागि बैंकले लिने धरौटी रकम हो ।
करिब ४ सय सदस्य रहेको सामुदायीक वनमा आम्दानी तथा खर्चको लेखाजोखा नभएपछि स्थानीयले साधरण सभा आह्वन गर्न आग्रह गरे । समितिले गत माघमा साधरणसभाको आयोजना समेत ग¥यो । तर, खर्च तथा आम्दानीको हिसाव वनका सदस्यलाई बुझाउन नसेपछि त्यो साधरण सभा समेत स्थगित भयो । त्यसपछि न त पदाधिकारीको कुनै बैठक ब¥यो । न त साधरण सभा नै । अझ कतिसम्म भयो भने, समितिले अहिलेसम्म कति रकम मौजात छ, कति रकम श्रृणमा लगानी गरिएको छ । कसैलाई जानकारी समेत नदिई आफुखुसि सामुदायीक वनको पैसा पदाधिकारीले चलाएका छन् ।
स्रोत भन्छन्– ‘गत माघमा सुरु भएको साधरण सभामा खर्च तथा आम्दानी के कति भयो सार्वजनिक गर्नुप¥यो भनेर सार्वजनिकरुपमा आवाज उठ्यो । खर्च तथा आम्दानीको कुरा उठेपछि त्यो साधरण सभा समेत स्थगित भयो । र, अहिलेसम्म साधरण सभा सञ्चालन हुन सकेको छैन’,नाम नबताउने शर्तमा एक सदस्य भन्छन् ‘उहाँहरुले आफुखुसि काम गर्नु भयो । जालझेल गरि सार्वजनिक संस्थाको पैसामा आफुखुसि मनलाग्नी खर्च गर्नुभयो । अहिले सदस्यले खर्च तथा आम्दानीको बारेमा कुरा गर्दा उहाँहरुसंग त्यसको जवाफ छैन ।’
सामुदायीक वनका अध्यक्ष रेग्मी भने आफुहरुले वनको केहि मात्रामा रकम चलाएको स्विृकार गर्छन् । भन्छन्– ‘हामीले केहि रकम चलाएका छौं । त्योपनि व्याज तिर्ने शर्तमा । अबको साधरणसभामा त्यसको साहु व्याजसमेत दिनेगरि हामीले रकम चलाएका हौं ।’ तर उनीहरुले चलाएको रकम कति हो । कति प्रतिशत व्याजमा रकम चलाएको हो । त्यसको उत्तर उनीहरुसंग छैन ।
अध्यक्ष रेग्मी भन्छन्-‘अब हामी आगमी शनिबार बैठक बसि सबै हिसवा किताव क्लियर गछाैं । अनि, कसले कति रकम चलाएकाे छ । त्यसकाे पनि सबै त्यहि बैठकमा थाहा हुन्छ ।’