तिमी आएपछि
तिम्री आमाको ओठको तोरिबारिमा
माहुरिको मेला लाग्न थालेको छ
म तिमीलाई त्यही अमृत तुल्य मह चटाएर
वैज्ञानिक, अडिटर, वकिल, पत्रकार र सामाजिक अभियन्ता भएको देख्न
आज ठूलो दर्शन र सिद्धान्त कतै रोम, वासिइटन वा टोकियोमा रोइरहेको बेला
म तिम्री आमाको गालामा खुशिको डिम्पल देख्न चाहन्छु ।
तिम्रो बाबाको सपनाले जीवन्तरुप पाएको हेर्न चाहन्छु।
आउ आज तिमी र म दुई हैन एक भएर
तिम्रो मेरो अनि आमा बाबाको सपना पुरा गरौं
एउटा मिठो सपना बुनेर ।
म तिमीलाई मानव जाति हैन
जाति मानव भएको हेर्न चाहन्छु ।
तिमी विद्यालयलाई मात्र विद्यालय हैन
आफ्नो सपनालाई विपनामा उतार्ने मन्दिर बनाऊ ।
म तिमीलाई यस मन्दिरको देवता बनाउछ ।
देवता बनाउने क्रममा तिमीमाथि कालिगड गुरुहरुले
कुजी र हतौडा बलाउनु हुनेछ तिमीस त्यस्तो प्रहारलाइ सहर निरन्तर मेहनत गरिरहन
एकदिन म तिमीमा देवत्व भरेर पुज्न योग्य बनाउछु ।