नेकपा एमाले आन्तरिक सत्ता संघर्षकै कारण विभाजन भयाे । गत वैशाखमा एमाले अध्यक्ष केपी ओलीले संसद्मा विश्वासको मत माग्दा वरिष्ट्र नेता माधवकुमार नेपालसहित २६ सांसद मतदानमा अनुपस्थित रहे । आफ्नै पार्टीका सांसदहरूको मत नपाएका ओलीले अन्ततः प्रधानमन्त्रिदेखी प्रदेशका सरकारसमेत गुमाउनुर्पर्याे ।
ओलीलाई विश्वासको मत नदिएका नेपाल सहितका नेताहरूलाई ओलीले कारबाही गर्ने र सहमतिका लागि भन्दै फुकुवा गर्ने क्रम केही समयसम्म चलिरह्यो । एमाले भित्रको अन्तरसंघर्ष चलिरहेकै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने दल विभाजन सम्बन्धितकाे अध्यादेश ल्यायो ।
सरकारले ल्याएको अध्यादेशकै बलमा एमाले भित्रका असन्तुष्ट नेताहरुले नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी )दल दर्ता गरे । नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित भएको एमाले विभाजनको मुख्य कारण के हो ? कसका कारण एमाले विभाजन भयो ? अब एमाले कसरी अघि बढ्छ ? लगायतका समयसान्दर्भिक बिषयमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका सांसद किरण गुरुङसँग गरिएकाे कुराकानीको सम्पादित अंश
पार्टीको अन्तर संघर्ष, नेताहरुको जुङ्गाको लडाईँका र राजनीतिक हठले केन्द्रदेखि प्रदेशसम्मका एमाले नेतृत्वको सरकार ढल्यो । यसको दोष तपाईँको भागमा कति पर्छ ?
संघ र प्रदेश सरकार ढल्यो, यो यर्थात नै हो । यसमा हाम्रो पक्षबाट पनि केही कमजोरीहरु भएका छन् । तर, यो ढल्नुको मुख्य कारण भनेको अब पार्टीमा जुन चाँही विग्रह पैदा गर्ने काम भयो र अहिले जसरी नयाँ पार्टी गठन गरेर एकीकृत समाजवादी बनाएर जानु भएको छ, कमरेड माधव नेपाल नै यसको मुख्य जिम्मेवार हो । एकीकृत समाजवादी निर्माण गर्नका निम्ति यता चाँही कार्यदल निर्माण गरेर सहमति गराएर सबै अन्तिममा पुगेर १० बुँदे प्रस्तावसँग सहमति भएर हस्ताक्षर गरेर उहाँहरुले नै पठाएको प्रतिनिधीहरुले, उहाँसँग पटक पटक छलफल गरेर स्पष्ट ढंगले लागु गर्न÷गराउनका निम्ति भनेर १० बुँदे प्रस्ताव सहमतिमा पुगेको हो । अव पछि उहाँले त्यो निर्णयलाई मान्नु भएन, नमानेको कारणले गर्दा र नयाँ पार्टी गठन गर्नु भयो । त्यसैले यसको मुख्य जिम्मेवार भनेको माधव नेपाल नै हो ।
नेतृत्वको हिसावले ओलीको दायित्व त माधव नेपाललाई समेटेर लैजाने, उहाँहरुको मागलाई सम्बोधन गर्ने थियो ? यो कुरामा ओली चुक्नु भएको कि माधव नेपाल नै पार्टीमा बस्न नचाहेको ?
समेट्ने भनेको बिधि र विधानले समेट्ने कुरा हो । १० बुँदेमा सहमति भएर पनि मानिसके पछि फेरि हैन त्यो सहमति मान्दैनौँ भनेपछि कस्को के लाग्छ र ? आपैmले सहमति गराएर, हस्ताक्षर गराएर बनाएको प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेको कुरालाई नमान्ने, अस्वीकार गर्ने भनेको त राजनीतिक बेइमानी गरेको हो नि !
तर, माधव नेपालले त ओलीको सर्वसत्तावाद भन्नुहुन्छ, नेतृत्व हस्तान्तरणको कुरा गर्नुहुन्छ । यो नभएकाले अर्काे पार्टी खोलेको भन्नुहुन्छ नि ?
एउटा कुरा के हो भने पाँच वर्ष उहाँ नै अध्यक्ष रहनु कुरा स्वाभाविक हो । अनि उहाँ चाहि नेता हुनुभयो, प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भइसकेको पछि प्रधानमन्त्रीको हैसियतमा रहने कुरा आफ्नै ठाउँमा छ । अनि प्रधानमन्त्री भइसकेको पछि प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न पाउछ । अध्यक्ष भइसके पछि अध्यक्षको अधिकार त प्रयोग गर्न पाउछ नि होइन ?
अध्यक्ष भईसकेपछि अधिकार प्रयोग गर्न त पाईन्छ तर असन्तुष्ट पक्षलाई सन्तुष्ट पनि बनाउन सक्नु पर्याे नि ? असन्तुुटीलाई मेटाउन नसक्दा पार्टी विभाजन भएन ?
ओली प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न नपाउने ? माधव जीको हट के भयो भने सबै पार्टीले निर्णय गर्नुपर्छ भन्ने । अव विधिलाई मिच्ने काम चाँही माधव कमरेडले नै गर्नुभयो । त्यसै गरेर उहाँ त अध्यक्षबाट पनि हट्नु भयो । अध्यक्षबाट हट्दा पनि सबै कुरा अध्यक्षले गर्न पाइदैन भन्नु भयो । अध्यक्ष भनेको एउटा संस्था पनि हो । जिम्मेवार पद पनि हो । जिम्मेवार पद भनेको विधि र विधानमा रहेर काम गर्ने हो । ओलीले विधि विधान मिच्नु भएको छैन । पछिल्लो कालमा अविश्वास प्रस्ताव ल्याउने भइसके पछि चाँही मध्याबधी निर्वाचनमा जाने कुरा गर्नुभएको थियो । किनकी, अब गठबन्धन गर्ने कुरा त भएन नि ? कांग्रेसमा जस्तै । बामबन्थी भन्ने, कम्युनिष्ट पनि भन्ने अनि अर्को पार्टीलाई प्रधानमन्त्री बनाएर चाँही आफ्नै पार्टीको प्रधानमन्त्री हटाउनु भनेको त्यो संसारमा कही नभएको विधिमा नै हुँदैन नि ! यो विधिसंगत होइन, नियम संगत होइन । त्यो त विधान विपरीत कुरा नै हो, त्यो त एउटा अपराध नै हो । त्यसले गर्दा उहाँहरु चाँही त्यस ढंगबाट जानु भयो । अहिलेको यो म पार्टी विभाजन भएको भन्दिँन, मात्र के भन्छु भने अहिले उहाँहरु पार्टी सारेर जानुभएको छ ।
माधव नेपालले भनेझै महाधिवेशनबाट एमालेले युवा नेतृत्व पाउने सम्भावना कति छ ? कि तपाईँहरु ओलीकै नेतृत्वमा अघि बढ्नुहुन्छ ?
अब अहिले हाम्रो पार्टी ठूलो हुंदै गएको छ । लोकतन्त्रमा लोक अभ्यासलाई हामीले अगाडी बढाईरहेका छौँ । अब पुरानो खालको संगठन ढाँचाबाट पार्टी चल्दैन, बहुदलीयमा प्रतिस्पर्धालाई हामीले आत्मासाथ गरेका छाैं । हामीेले उमेर हदका कुरा पनि राखेका छौँ । त्यस्तै गरेर अव हामीले प्रमुख जिम्मेवारी बहन गर्नेहरुले कति कार्यकाल रहने दुई पटक रहने कि ? तीन पटक रहने ? भन्ने कुरा हरु पनि व्यवस्था गर्नुपर्दछ ।
विद्यान महाधिवेशनमा ७० बर्षे उमेरहदका कुरा माधव खेमाबाट आएका नेताहरुले जोडदार रुपमा उडाईरहेका छन् । बिगतमा पनि यो कुरा उठरहेकै हो । अब कार्यान्वयन हुन्छ ? दोस्रो पुस्ताले नेतृत्व समाल्न पाउलान ? यसमा तपाईँहरुको समर्थन रहन्छ कि रहन्न ?
अव महाधिवेसन कार्यक्रम हुन्छ । महाधिवेसनबाट अब विद्यान कसरी बनाउने भन्ने .कुरा छलफल हुन्छ । अबको विधानले भनेको निकास दिने गरेर जाने हो । जाम नगर्ने, सधैँ एउटै पुस्ताको नेतृत्व भइरहने, ५० औँ वर्षसम्म पनि उहि नै भइरह्यो भन्ने हो ।
तीन/तीन वर्षमा सबै जिल्ला अधिवेसनहरु गरेर नयाँ नेतृत्व ल्याउनु पर्नेमा अहिले आठ/नौ वर्ष भइसकेको छ, जाम भएको छ । यो जामको निकास दिने गरी विधान सशोधन गरेर अगाडि बढ्नु आवश्यक छ । अहिले भनेको अव केपी शर्मा ओली, माधव नेपाल अव झलनाथ खनाल, त्यस्तै गरेर वामदेव गौतम भनेको चाँही अहिले जे भन्दा पनि उमेरको हिसाबले भन्दा पनि पहिला पुस्ताको चाँही उहाँहरु नै हो अरु बाँकी रहेको चाँही स्थायी कमिटी सदस्यहरु भनेको दोस्रो पुस्ता भनेर हामीले भन्न सकिन्छ ।
यसलाई उमेरले ठ्याक्कै नाप्ने कुरा त भएन तर त्यो दोस्रो पुस्ता नै हो । अनि त्यसपछि बाँकी रहेका अरु भनेको तेस्रो पुस्ताका हुन् । त्यसले गर्दा खेरी अन्तःत स्वाभाविक रुमपा अव दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ ।
पार्टीमा लामो समयदेखि नेतृत्व हस्तान्तरणको कुरा त चलिरहेकै हो । तर, तपाईँहरु नै नेतृत्व लिन अग्रसर हुनुहुन्छ । बुढा नेताहरुलाई बोकेरै हिडिरहनु हुन्छ, किन ?
बिधि र विधानमा व्यवस्था नगरी हामीले नेतृत्व हस्तान्तरणको कुरा गरेर त्यो लागु गर्न सकिँदैन् ।
तपाईँहरुकै आन्तरिक लडाईँले प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्म गुमाउनु भयो नि ? कस्तो लाग्छ ?
गठबन्धन भइसके पछि आफ्नै पार्टी भित्र समस्याको समाधान नगरी त्यसलाई विद्रोहको रुपमा जसरी भए पनि हटाउने भन्ने मानसिकता भइसकेपछि त्यसलाई हामीले के नै गर्न सकिन्छ र ? उनले त मान्नु पर्छ त । उनलाई त जनताले पार्टीले टिकट दिएको, उम्मेद्वार बनाएको, पार्टीकै टिकटमा चुनाव चिन्ह र टिकटको आधारमा जितिसकेको पछि उनले त आपूmले पार्टीमा आफ्नो कार्यकाल भरी त इमान्दारी हुनुपर्दछ । त्यहाँ नमिले पार्टी भित्र अन्तरसंघर्ष गर्ने हो । यसलाई विद्रोह गर्ने भनेको त अराजक न हो । अहिले उहाँहरु फुटेर जानु भनेको अराजक हुनु हो । अजकता भएको कारणले नै विधि सम्मत, आफ्नो मन नपरेपछि अराजक ढंगले म विधान पनि मान्दिँन, विधि पनि मान्दिँन मेरो जिम्मेवारी पनि जे सुकै होस्, अव पार्टीको सरकार गिरे गिरोस्, अझ झनै गिराउने परोस भनेर लागिसके पछि त त्यो त एक किसिमको राजनीतिक अपराध नै हो ।
प्रदेशको सन्दर्भमा अबको रणनिती के छ ?
गण्डकी प्रदेशमा अब सरकार बनाउने बहुमत हामीसँग छैन । अन्य प्रदेशमा पनि जुन अहिले विभाजन भएर गएको छ । त्यसले गर्दा खेरी कही पनि हाम्रो एक्लो बहुमतको आधारमा सरकार बन्ने अवस्था पनि छैन । त्यसले गर्दा अब हामी निर्वाचन मै जाने हो । अब निर्वाचनको समयलाई पर्खन्छौँ, प्रदेश र संघको । स्थानीय तहको त ६ महिना सात महिना कति छ ? अव हामी जनताको मै गएर जनताको विश्वास जितेर नै हामी फेरी फर्कन्छौँ ।
केन्द्रदेखि स्थानीय तहसम्मको धेरै नेता कार्यकर्ताहरुले एमाले छाड्दै छन्, छाडिरहेका छन् । समिक्षा गर्नुभएको छैन ?
त्यो स्वाभिक रुपमा अहिले आएर विग्रह गर्ने, विभिन्न ढंगले भ्रम सिर्जना गर्ने, विभिन्न आन्तरीक विरोधका कार्यक्रमहरु गर्ने, विभिन्न लोभ, लालच, भ्रम लगायतका कारणले एक दुई जना यता उती लागेका छन् । त्यो स्वाभाविक पनि हो । अहिले जे भईरहेको छ नि यसले औपचारिक खालको एउटा संघर्ष पनि सिर्जना गरेको छ । आन्तरिक समस्याको बारेमा पनि छलफल भएको छ, बहस भएको छ । यसलाई पार्टी शुद्धीकरण गर्ने अवसरको रुपमा लिनुपर्छ । त्यही रुपमा हामीले उपयोग गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो कमिकमजोरीलाई पहिचान गरेर, शिक्षाको रुपमा लिने र सुधार्ने काम गर्नुपर्छ ।
हाम्रा पनि कमीकमजोरी भएका छन्, विल्कुलै हामी पनि दुधले नुहाएको गाई त होइनौँ, हामीबाट पनि केही कमजोरी भएको हुन सक्छ । त्यसकारणले गर्दा पनि हामीले समिक्षा गरेर कमिकमजोरीहरुलाई हटाएर अगाडी बढ्ने हो । अहिले पार्टी विभाजन हैन, शुद्धीकरण पनि भएको छ । गलत खालका मान्छेहरु पार्टीलाई उपयोग गरेर, पदको दुरुपयोग गर्ने मान्छेहरु पाखा लागेका छन् । स्वार्थी अवसरवादी मान्छेहरु आफ्नो-आफ्नो स्वार्थी जहाँ पुरा हुन्छ त्यतै लागेका छन् । हरेक विकासक्रममा त्यो हुन्छ । उम्रने जति सबै विरुवा हुर्कदैन यो त प्रकृतिको नियम नै हो । त्यसले गर्दा अब जो रहन्छन, उनीहरु चाँही अझै दरो हुन्छन् । अझ क्रान्तिकारी हुन्छन् ।
तपाईँहरु आत्मालोचना गर्नुहुन्न ? अब पार्टी भित्रका असन्तुष्टहरुलाई कसरी टिकाउने ? केही सोच्नु भएको छ ?
हिजो पनि पार्टी भित्र अन्तर संघर्ष हुन्थ्यो, तर त्यो गोप्य पनि हुन्थ्यो । अहिले गोप्य भन्ने कुरा नहुन पनि सक्छ । तर, त्यो भनेको पार्टी भित्र नै छलफल गरी समाधान गर्ने विषय हो । नयाँ पार्टी बनाएर अर्को पार्टीमा जाने भन्ने चाँही गर्नुहँुदैन । यद्यपी, अरु पार्टीमा पनि जानै नपाईने भन्ने हैन, जान सकियो चित्त बुझेन भने पार्टी छाड्न पाइने भयो । आउनेहरु पनि चित्त बुझेर नै आएको हो पछि चित्त बुझेन भने पार्टी छाडन् त पाउछन् । लोकतन्त्तमा पार्टी छाडन पाइँदैन, एक पटक आइसकेको पछि जिन्दगी भर नै त्यहि पार्टीमा लाग्नुपर्छ पर्छ भन्ने छैन । त्यो लोकतान्त्रिक प्रव्रिmया नै हो । अहिले जे समस्या छन् ति समस्याहरुलाई हामीले समाधान गर्दै लैजानु पर्छ । समाधान गर्न नसक्ने समस्याहरु चाँही हुँदैन, सहमतिमा आउनुपर्ने हुन्छ । अव कहिले छाड्न, कहिले लिने गर्नुपर्छ । सधैँ, सबै लिने गरेर पनि हुँदैन् । कतिपय आफुले छाड्नुपर्ने हुन्छ, समय पर्खनुपर्ने हुन्छ । एक पटक भएन भने अर्को पटक हुन सक्छ । अर्को पटक पनि भएन भने अर्को पटक हुन सक्छ । त्यसरी गर्ने हो भने मात्र सहमतिमा सबै कुरा अघि बढाउन सकिन्छ ।