गोरखा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ । निर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि शुक्रवार कार्यपालिका सातौँ पटक परिमार्जन भयो ।
परिमार्जन गरिएको मिति अनुसार दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा रहेको गोरखाको पालिका स्तरको निर्वाचन भाद्र २७ बाट असोज ९ मा पुगेको छ ।
केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएपछि आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको हो । सातौंपटक संशोधन गरिएको कार्य तालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ।
सम्बन्धित समाचार- कांग्रेस गाेरखाको अधिवेशन : ८९ वटा वडा निर्विरोध, ५ वडामा चुनाव
गोरखामा असोज ९ गते गाउँपालिका तथा नगरपालिका स्तरमा हुन्छ भने जिल्लाको ९४ वटा वडामा गत भाद्र १८–२० गतेसम्म अधिवेशन भएको थियो । असोज १२ गते प्रदेश क्षेत्रीय अधिवेशन हुन्छ भने जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
११ स्थानीय तह रहेको गोरखामा दुई नगरपालिका र नाैं गाउँपालिका रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा गोरखा नगरपालिकाको १–७, सहिद लखन, भीमसेन थापा, आरुघाट, गण्डकी, धार्चे र चुमनुव्री रहेको छ भने क्षेत्र न २ मा अजिरकोट, बारपाक–सुलिकोट, सिरानचोक, पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको वडा न ८–१४ वडा रहेको छ ।
गोरखामा फेरि खत्री कि !
गोरखा नगरपालिकामा नगर सभापति रहेका चन्दनबाबु खत्री फेरि आंकाक्षा व्यक्त गरेका छन् । नगरपालिका मेयर राजनराज पन्त निकटका खत्री फेरि नगर सभापतिमा आंकाक्षा व्यक्त गरेका हुन् । उनीसंगै वडा न ३ का प्रवीण तिवारी र वडा नम्बर १२ का वडाध्यक्ष डिलबहादुर थापाले सभापति बन्ने इच्छा देखाएका छन् ।
सम्बन्धित समाचार-प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा
पालुङटारमा धिताल र ढकाल : कडा प्रतिस्पर्धा
नेपाली कांग्रेसको नगर स्तरीय अधिवेशनमा चर्चामा रहेको नगरपालिका हो– पालुङटार नगरपालिका । २०७४ को स्थानीय निर्वाचनमा मेयरको टिकटको आंकाक्षी रहेका अमर धिताल मेयरको टिकट नपाएपछि वडा नम्बर १० को वडाध्यक्षको उम्मेदवार थिए । तर, उनी पराजित भए । उनीसंगैं नगरपालिकामा सभापतिमा नगर सचिव रहेका विमल ढकाल आंकाक्षी हुन् । गुटभित्रको पनि उपगुट रहेको पालुङटारकाे कांग्रेसकाे नगर अधिवेशन कडा पस्तिस्पधा हुने आङ्कलन गरिएको छ ।
अजिरकोट, सिरानचोक र बारपाकमा वडाध्यक्ष आंकाक्षी
नेपाल शिक्षक संघको जिल्ला सभापतिसमेत रहेका अजिरकोट गाउँपालिका–३, हंसपुरका वडाध्यक्ष तायाराज गुरुङ गाउँपालिका सभापतिका आंकाक्षा व्यक्त गरेका छन् । स्थानीय निर्वाचन अघि शिक्षक रहेका गुरुङ गाउँपालिका अध्यक्ष लड्न राजीनामा दिएर आएका थिए । पछि महासमिति सदस्य तथा गाउँपालिका अध्यक्ष फण्न्द्रि धिताल गाउँपालिका अध्यक्षको उम्मेदवार भएर आएपछि उनी वडा सदस्यमा चित्त बुझाएका थिए । उनी गाउँपालिका सभापति बन्दै आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष लड्न खोज्दै छन् । उनीसँग वडा न ४ का वडाध्यक्ष जङ्गबहादुर गुरुङ पनि चर्चामा छन् ।
सम्बन्धित समाचार- कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु, गाेरखाका ९४ वडामा आज हुदैं छ अधिवेशन
सिरानचोक गाउँपालिकामा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङको नाम पनि चर्चामा छ । उनीसंगै वीर बहादुर थापाको पनि चर्चा छ । भक्त बहादुर गुरुङ, जयकृष्ण ढकालले पनि पार्टी सभापतिमा चर्चा रहेको कांग्रेसका नेताहरू दाबी गर्छन् । बारपाक सुलिकोट गाउँपालिका सभापति रहेका जितबहादुर घले फेरि सभापति दोहो¥याउन खोजेका हुन् भने वडा अध्यक्ष कृष्ण गुरुङ र केसरी ढकालको पनि नाम चर्चा छ ।
गाउँपालिका अध्यक्ष सभापतिका आंकाक्षी
धार्चे गाउँपालिकामा सन्तोष गुरुङ पालिका सभापतिमा आंकाक्षी हुन् भने गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानापनि आंकाक्षी हुन् । चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरुङ आंकाक्षी हुन् भने यी तिनै पालिकामा प्रतिद्धन्धी हालसम्म नखुलेको नेताहरू दाबी गर्छन् ।
आरुघाट गाउँपालिकामा राजु गुरुङ र ज्ञानप्रसाद श्रेष्ठको चर्चा छ । सबैभन्दा धेरै आकाङ्क्षी भीमसेन थापा गाउँपालिकामा छन् । वडा अध्यक्षहरू नारायण भट्टराई, बासु थापाको चर्चा छ । यस्तै सानुकाजी बानियाँ, कृष्णबहादुर बानियाँ, विदेश नरालको नाम पनि गाउँपालिका पार्टी सभापतिमा चर्चामा रहेको छ ।
सम्बन्धित समाचार- नेपाली कांग्रेस गाेरखा : ५ हजार थपिए कृयाशिल सदस्य, निर्वाचन अधिकृत ताेकिए
शहीद लखन गाउँपालिकामा वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अगाई, मदनप्रसाद लम्साल, श्रीकृष्ण ढकाल, भीमप्रसाद पोखरेलले उम्मेदवार दाबी गरिरहेका छन् ।
पाण्डे र पन्तका उम्मेदवार : कसले मार्ला पल्ला भारी
गोरखामा कांग्रेसकाे ३ जना केन्द्रीय सदस्य छन् । सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ र कमला पन्त। पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् भने श्रेष्ठ र पन्त रामचन्द्र पौडेल पक्षका हुन् । गोरखाको पालिका, निर्वाचन क्षेत्र र जिल्ला सभापतिमा पाण्डे र पन्त निकटका नेता नै आउने दाबी गर्छन् जिल्ला स्तरका एक नेता ।
सम्बन्धित समाचार- नेविसंघका पूर्व पदाधिकारी टाेली गाेरखामा, कांग्रेसमा एकतावद्ध निर्माण गर्न आग्रह
पाटी सभापतिमा जिल्ला सचिवसमेत रहेका तथा युवा नेता गगन थापा निकटका नन्दप्रसाद न्यौपाने आंकाक्षा व्यक्त गरेका छन् । सभापतिमा खुलेर नै उम्मेदवारी घोषण नगरे पनि न्यौपानेसँग गोरखा नगरपालिका मेयर पन्त, भीमसेन थापाका अध्यक्ष ईश्वर पाण्डेलगायतका नेताले केन्द्रीय स्तरमा लबिङ गरिरहेका छन्। थापाले पौडेल सातौँ पटक गुट फेरेर पौडेल पक्षमा आएपछि जिल्ला भित्रका नेतालेसमेत पार्टी सभापतिमा न्यौपानेलाई घात गर्न सक्ने अनुमान समेत लगाउदैं आएका छन् ।
सम्बन्धित समाचार- कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
कांग्रेस जिल्ला सभापति लड्न महाधिवेशन प्रतिनिधि बन्ने पर्ने प्रावधान भएकाले पनि सभापतिका आंकाक्षी खुलेर लबिङ गर्न सकिरहेका छैनन् । जिल्ला तहका एक नेताका अनुसार प्रतिनिधिमा हराइदिन्छन् भन्दै कसैले पनि खुलेर उम्मेदवारी घोषण गर्न सकिरहेका छैनन् । गोरखामा असोज ९ गते पालिका, असोज १२ गते क्षेत्रीय अधिवेशन तोकिएको छ भने जिल्ला अधिवेशन असोज १८ गते तोकिएको हुने छ ।