काठमाडौ- सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको मृत्यु भएको छ । पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
औपचारिक नाम अभिमाइन गुजमान भएका गोन्जालोको ८६ वर्षको उमेरमा मृत्यु भएको हो। पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो। नेपाली वामपन्थी नेताले नि उनको रिहाईको माग गरेका थिए।
७० हजार पेरुको नागरिक मारिएको साइनिङ पाथ आन्दोलन व्यापक आलोचित आन्दोलन हो। गोन्जाकोलाइ २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो।
पक्राउ परेको अर्को वर्ष १९९३ मा उनी टेलिभिजनमा आएर साइनिङ पाथ बिद्रोहीलाइ हतियार बिसाउन आग्रह गरेको र धेरैले बिसाएको न्युयोर्क टाइम्सले लेखेको छ। कानुन र दर्शनमा डिग्री लिएपछि गोन्जालोले पेरुको सान अगस्टिन नेसनल युनिभर्सिटीमा पढाउ थाले।
उनले सुरुमा युनिभर्सिटीको विद्यार्थी आन्दोलन सगै पछि माओवादी आन्दोलन सुरु गरेर जङ्गल पसेका थिए। न्युयोर्क टाइम्सका अनुसार उनले जेलमै हुँदा सन २००४ मा अर्कि कैदी एलिना इपारागिरेसग ७५ वर्षको हुँदा विवाह गरेका थिए।
को हुन गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए । सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो ।
एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाँय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।
माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।
पाशविक द्धन्द्ध सुरु
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो । साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास ग¥यो । कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उदेश्य थियो ।
तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन । बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको हत्या गर्न थाल्यो । शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो । तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो ।