गोरखा- नेपाली कांग्रेस गाेरखाका ९४ वटा वडा निर्वाचन भाद्र १८-२० मा सम्पन्न भयाे । ८९ वडामा निर्विराेध र ५ वडामा निर्वाचन प्रकृयाबाट भएकाे भनिएपनि वडा अधिवेशन विभिन्न वडामा विवादमा परेकाे छ । जिल्लाकाे भिमसेन थापा गाउँपालिका-२, तान्द्राङकाे वडा अधिवेशन समेत विवादमा परेकाे छ ।
सम्बन्धित समाचार- कांग्रेस गाेरखाको अधिवेशन : ८९ वटा वडा निर्विरोध, ५ वडामा चुनाव
जिल्लाका अन्य वडामासमेत विवादमा परेकाे खबर सामाजीक सञ्जालबाट छरप्रस्ट हुदैं आएकाे छ । आफ्ना गुटका केन्द्रमा या जिल्ला तहमा राजनीति गर्दै आएका नेता तथा केन्द्रिय सदस्य तथा जिल्ला, पालिकाका उम्मेदवार मान्छे प्रतिनिधि बनाउनु परेपछि वडा तहमा राजनीति गर्दे आएका कांग्रेसका नेता तथा कार्यकर्ताले विराेध गर्दै आएका छन् ।
सम्बन्धित समाचार- प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा
गाउँपालिका उपाध्यक्ष विनु वागलेले त कांग्रेस पार्टी नै राजनीतिबाट परित्याग गरेकाे घाेषणा गरिन् । भलै, उनकाे भनाई केहि समयपछि फिर्ता भयाे । उनलाई कांग्रेसका नेता राजेन्द्र बजगाईकाे टाेलीले प्रतिनिधि हुन नदिएकाे भन्दै पार्टी छाेडेकाे घाेषणा गरेकी थिइन् । यस्तै, विवाद तान्द्राङमा भएकाे छ ।
सम्बन्धित समाचार- कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु, गाेरखाका ९४ वडामा आज हुदैं छ अधिवेशन
तान्द्राङका कांग्रेसका नेताहरू रबिलाल भट्ट, शंकर लामिछाने, देवेन्द्रराज अगाई, नारायण सोडारी र कृष्णप्रसाद भट्टले वडा अधिवेशनमा स्थानीय प्रशासन प्रयाेग गरि दादागिरी गरेकाे, आफ्ना निकटका मान्छेलाइ मात्र प्रतिनिधि बनाएकाे भन्दै पुनः अधिवेशन गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ती जारी गरी अधिवेशन निश्पक्ष नभएको र प्रशासनको बलमा एकलौटी गरिएको आरोप लगाएका छन् । उनिहरुले पार्टीको विधान र निर्वाचन निर्देशिकाविपरीत निर्वाचन भएको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार- नेपाली कांग्रेस गाेरखा : ५ हजार थपिए कृयाशिल सदस्य, निर्वाचन अधिकृत ताेकिए
वडा अधिवेशनमा निर्वाचन नतिजा प्रकाशन नगरेको र बीच बाटोबाट मनोमानी ढंगले प्रतिनिधिको नाम समावेश गरेको भन्दै जिल्लाको निर्वाचन समितिसंग पुनः गर्न माग गरेका छन् । वडा सभापतिमा नबराज भट्ट चयन भएका छन् ।
सम्बन्धित समाचार- कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
उनीहरूले अपांग कोटाबाट आउनुपर्ने क्षेत्रीय प्रतिनिधिको अपांग परिचयपत्र नभएको, सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरतलाई क्षेत्रीय प्रतिनिधि छनौट गरेको, खस आर्य कोटामा २ जना पुरुष र १ महिला हुनुपर्नेमा सबै पुरुष चयन गरिएको, जनजातिको महिला कोटा खाली पठाएको, प्रतिनिधि छनौट भएर आएका नवराज पान्डेको ठाउँमा उनको नामको सट्टा हरिप्रसाद पान्डे बनाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।
सम्बन्धित समाचार- नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !