गोरखा- गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) शालिग्राम शर्मा पौडेलले सरूवा भएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार गाेरखाकाे सिडियाे पाैडेलसहित ८५ जना सहसचिवको सरुवा भएकाे हाे । उनकाे ६ महिनामा नै निर्वाचन आयोगमा सरूवा भएकाे हाे ।
२०७७ फागुन १९ मा गाेरखाकाे सिडियाे बनेका पाैडेलकाे निर्वाचन आयोगमा सरुवा भएकाे हो । हाल सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवा आफैंले सम्हालेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।
गृह मन्त्रालयबाट सरुवा भएर जिल्ला आएका उनले पत्रकारहरुसँगको भेटघाटमा भनेका थिए– ‘आफु कुनैपनि प्रलोवनमा नपरि सेवा गर्ने बताएका थिए ।’
‘जनताले दुःख पाउने अवस्था र अनियमितता हुनु हुँदैन’ उनले भनेका थिए ‘तपाईहरुले यस्ता विषयमा सुधार गर्ने मौका समाचारबाट र जानकारी दिएर पनि गर्न सक्नुहुन्छ ।’ बिकास निर्माण, शान्ति सुरक्षा, नियमित कार्यालयको कामलाई प्राथमिकता दिएर काम गर्ने उनले बताएका थिए ।
तर, जिल्लामा अवैध रूपमा सञ्चालित रहेकाे अवैध क्रसरलाई कानुनि कार्वाही गर्नुपर्नेमा उनी स्थानीय तहकाे क्षेत्रअधिकार भएकाे भन्दै पन्छिएका थिए । जिल्लामा सञ्चालित तिन वटा क्रसर उघाेग अवैध क्रसर छन् ।
कतिपय स्थानीय जनप्रतिनिधिकै लगानी रहेकाे क्रसर नयाँ सिडियाे आएसंगै बन्द गर्ने या कार्वाही गर्लान भन्ने गाेरखाली जनताले पत्याएका थिएनन् । तर, पनि यसअघि सिडियाे झै उनीपनि त्यहि लाइनमा थपिएकाे भन्दै उनकाे आलाेचना भएकाे छ ।