गाेरखा- गण्डकी प्रदेशका का सबै स्थानीय तहमा फोरजी सेवा पुर्याएको नेपाल टेलिकमले जनाएको छ। नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले गण्डकीका ८५ वटै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिएको तर केही ठाउँमा नेटवर्क पुगिनसकेको बताए।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय तहहरुमा फोरजी सेवा पु¥याउन ५ सय ३ वटा टावर राखिएको जानकारी दिए। नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ। गण्डकी प्रदेशमा भएको ८५ वटै स्थानिय तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।
‘सबै स्थानीय तहमा फोरजी पुगे पनि ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ’,उनले भने, ‘ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने ब्यबस्था गर्छौं।’
पछिल्लो समय फाइबर बिच्छ्याउने काम भइरहेको छ। उनले माग अनुसारको सेवा दिन नेपाल टेलिकम प्रतिवद्ध रहेको बताए। फाइभजीको ४ ठाउँमा परीक्षण गरी सेवा बिस्तार गरिने उनको भनाई थियो।
लोहियाका अनुसार फाइबर टु दि होम सर्भिस १ लाख ८३ हजारलाई वितरण गरिएको छ। नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ भने नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा ल्याइएको छ।
नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख डिल्लीराम अधिकारीले सस्तो मूल्यमा गुणस्तरीय सेवा टेलिकमको प्रतिवद्धता भएको बताए।