गाेरखा- नेपाली कांग्रेसको १४औंँ अधिवेशनअन्तर्गत गोरखाका ११ स्थानीय तहमा नयाँ नेतृत्व चयन भएकाे छ । पालिका अधिवेशनमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मले उम्मेदवारी दिएपनि ६ तहमा सर्वसम्मत र ५ तहमा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन भएकाे हाे ।
धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी गाउँपालिका अध्यक्ष हुन् भने उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले, सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
चुमनुब्री गाउँपालिकाकाे सभापतिमा सूर्य गुरुङ, उपाध्यक्षमा वीरबहादुर लामा र कल्यान छेवाङ लामा, सचिवमा सोनाम धार्के लामा र सोनाम लामा चयन भएका छन् ।
गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । उनी पनि गाउँपालिका अध्यक्ष हुन् । त्यस्तै, उपसभापतिमा नरबहादुर पाण्डे र अमृतनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका पार्टीका जिल्ला सचिव पूर्ण दाहालले जानकारी दिए ।
शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उनी वडा न ८ का वडाअध्यक्ष हुन् भने उपसभापतिमा ध्रुव पोखरेल, टेकबहादुर गुरुङ र सचिवमा चेतबहादुर थापा र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।
अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी पनि वडा न ४ का वडाअध्यक्ष हुन् भने सचिवमा चीरञ्जिवी धिताल र कृष्ण घले र सहसचिव विजय धिताल सर्वसम्मत चयन भएका छन् ।
यस्तै, बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । उपसभापतिमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।
भिमसेन थापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई विजयी भएका छन् । भट्टराई वडा न २ का वडा अध्यक्ष हुन्र भने उपसभापतिमा नवराज अधिकारी र कृष्ण ढकाल, सचिव टलक गुरुङ र जीवनाथ पुडासैनी निर्वाचित भएका छन् ।
गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री पुन: नगर सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मित्र कुमारी परियार, विश्वेस्वर श्रेष्ठ र सचिवमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
पालुङ्टार नगरपालिकाको सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । उपसभापतिमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा सुकमान गुरुङ र सरोज ढकाल र सचिवमा बलराम थापा र जगदीश ढकाल सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।
गाऊँ र नगरको अधिवेशनपछि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने कार्यतालिका रहेको छ । जिल्ला अधिवेशन भने असोज १८ गते गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।