काठमाडौं- सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ । गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो ।
सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । यसअघि सरकारले २०७५ साल ६ महिना ७ गते १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।
उक्त मितिमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत बढेको थियो । यस्तै, यात्रुबाहक सवारी साधनामा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।
गाेरखा-काठमाडाैंकाे भाडा समेत बढेकाे छ । १४१ किलाेमिटर रहेकाे गाेरखा-काठमाडाैं सडकखण्डमा ३०७ भाडादर रहेकाेमा आजदेखि ३८५ रूपैयाँ कायम भएकाे छ । त्यस्तै, गाेरखा हुदैं जाने ग्रामिण रूटकाे समेत भाडादर बढेकाे छ ।
हेर्नुहोस आजदेखि कुन ठाउँको भाडादर कति ?
Click to access Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-19-41-275.pdf