काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने भएकाे हाे ।
समाजवादीका अध्यक्ष माधवनेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन्। यसैगरी, मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्।
यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने ती नेताले बताए। कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ।
आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी छ। खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन्।