गोरखा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गोरखाका ११ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।
जिल्लामा रामचन्द्र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ र कमला पन्तले गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् ।
पौडेल पक्षका एक नेताका अनुसार ११ वटा स्थानीय तहमध्ये ६ वटा पालिका सभापति रहेको दाबी गरेका छन् । देउवा पक्षले भने ५ वटा स्थानीय तहको नेतृत्व भनिए भए पनि याे पक्ष यसलाई अस्वीकार गरेका छन् ।
देउवा पक्षका एक नेता भन्छन्- ‘जिल्लामा निर्वाचित भएका एकाध पालिका सभापति देउवा र पौडेल पक्षमा खुलेको भए पनि प्रस्ट छैनन्। केही नेताहरूको पछि लाग्नुहुन्छ । तर उहाँहरू यही पक्षको हो भनेर भन्न सकिन्।’
पछिल्लो समय पैसाको आठमा राजनीतिमा आएका नेताहरूले आफ्ना गुट बाहेकका उम्मेदवार हराउन विभिन्न हत्कडा अपनाएको दाबी गरिएको छ । आफ्ना मान्छे प्रतिनिधि नहुने भएपछि अधिवेशन स्थगित गर्दै पद, पैसा र ‘घमन्ड’को राजनीति गरेको भन्दै पालिका स्तरका नेताहरूले आक्रोश समेत पोखेका छन् । उनीहरूले त्यसको हिसाब क्षेत्रीय अधिवेशनमा देखाउने धम्की समेत दिएका छन्।
पालिका सभापतिमा धार्चेमा सन्तोष गुरुङ, चुमनुब्रीमा सूर्य गुरुङ, गण्डकीमा होमबहादुर राना, आरुघाटमा राजु गुरुङ, शहीद लखनमा काशीनाथ अम्गाई, अजिरकोटमा जङ्गबहादुर गुरुङ, बारपाक सुलीकोटमा जीतबहादुर घले, भीमसेन थापामा नारायण भट्टराई, गोरखा नगरपालिकामा चन्दनबाबु खत्री, पालुङ्टार नगरपालिकामा विमल ढकाल र सिरानचोकमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् ।
जिल्लाको नेतृत्व विशेष गरी पौडेल पक्षले कब्जा गरेको छ। युवा नेता गगन थापा पौडेल पक्षका गएपछि जिल्ला सभापति पनि यही पक्षले जित्ने दाबी गरिएको छ । पौडेल पक्षबाट जिल्ला सचिव नन्दु प्रसाद न्यौपानेले दाबी गरिरहेका छन् । तर, उनले पनि उम्मेदवारी घोषणा भने गर्न सकेका छैनन् ।