गाेरखा- नेपाली कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका छन् । आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।
सभापति सँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछानेभएका छन् भने सह-सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका छन् । आरुघाट, धार्चे, चुमनुव्री र भिमसेन थापा गाउँपालिका याे प्रदेश सभामा रहेकाे छ ।
चार प्रदेश सभा रहेकाे गाेरखामा प्रदेश क्षेत्र अधिवेशन चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेश सभा ‘क’ २ को ‘क’ र ‘ख’ काे मतदान हुँदैछ ।
गोरखा १ ‘क’ मा गण्डकी गाउँपालिकाका उत्तम अधिकारी, शहीदलखन गाउँपालिकाका खुन प्रसाद रेग्मी र गोरखा नगरपालिकाका काजिराम अधिकारीले उमेद्धवारी दिएका छन् । प्रदेश सभा ‘क’ मा गाेरखा नगरपालिकाकाे १-७, शहिद लखन र गण्डकी गाउँपालिका रहेकाे छ ।
क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ काे पालुङटारमा निर्वाचन भइरहेकाे छ । सभापितमा पालुङटारका नारायण गुरुङ र गोरखा नगरपालिकाका भानु थापाको उमेद्धवारी दर्ता भएको छ । याे प्रदेशमा गाेरखा नगरपालिका ८-१४ वडा, पालुङटार नगरपालिका रहेकाे छ ।
क्षेत्र नम्बर २ को ‘ख’ मा सिरानचोक गाउँपालिकाका सिजर भट्ट र बारपाक सुलिकोट गाउँपालिकाका दिनेश खनखवासकाे सभापतिमा दावी गरेपछि मतदान भईरहेको छ । भच्चेकमा चलिरहेकाे निर्वाचनमा अजिरकाेट, बारपाक-सुलिकाेट र सिरानचाेक गाउँपालिकाका क्षेत्रिय प्रतिनिधिले मतदान गरिरहेका छन् ।