गाेरखा- उत्तरी गाेरखामा खाद्यानकाे चरम अभाव भएकाे छ । उत्तरी गाेरखाका सामागाउँ, चुम्चेतलगायतका ठाँउमा खाद्यानकाे चरम अभाव भएकाे हाे ।
चुमनुव्री गाउँपालिका-६, काे चुम्चेत २७० घरधुरी रहेको चुम्चेतका लागि १४४ बोरा मात्र चामल पुर्याइएको हो । गाउँपालिकाका सामागाउँ, ल्हो, सिर्दिबास, प्रोक, विही र छेकम्पारमा लामो समयदेखि खाद्यान्न अभाव झेलिरहेको छ ।
गृह मन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार ३४ क्वीण्टल चामल चुम्चेत पुर्याएको हो ।
खाद्यान्नको चरम अभाव रहेको छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दालाई भने अझै पनि चामल ढुवानी गरिएको छैन । मौसम प्रतिकुल रहेकोले छेकम्पारका लागि ढुवानी कार्यक्रम स्थगित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
चुम्चेत पुगेको सो चामल स्थानीयबासीले प्रति बोरा एकहजार पाँचसय रुपैयाँ तिरेर किन्न पाउने व्यबस्था छ । हालका लागि चुम्चेतलाई दुई खेप र छेकम्पारका लागि तीन खेप चामल ढुवानी गर्न लागिएको हो । सो चामल प्रतिघर एकेक बोरा पनि चामल नपुग्ने भएको छ ।