गाेरखा- नेपाली कांग्रेसको १४औंँ अधिवेशनअन्तर्गत जिल्लामा वडा, पालिका तथा प्रदेश सभामा नेतृत्व पाएको छ । चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे गाेरखामा तिन प्रदेश सभामा निर्वाचनकाे माध्मयबाट र एक प्रदेशमा निर्विराेध नेतृत्व चयन भएकाे हाे ।
संघिय क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा ‘क’ को सभापति पदमा खुनप्रसाद रेग्मी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले एक सय ८९ मत प्राप्त गरे भने अर्का प्रतिषप्रधी काजिराम अधिकारीले २५ मत प्राप्त गरे ।
उप सभापतिमा अर्जुन भट्टराई र कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी चयन भए । सह-सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।
याे पनि,
कांग्रेस गोरखा : छ स्थानीय तहमा निर्वाचन, पाँचमा सर्वसम्मत
प्रदेश सभा ‘ख’ को सभापतिमा ठाकुर भट्ट निर्विरोध निर्वाचित भएका छन् । उनिसंगै उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछानेभएका छन् भने सह(सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका छन् ।
क्षेत्र न २ काे ‘क’ को सभापतिमा दिर्घमान गुरुङ बिजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले एक सय चार मत पाएका थिए ।
याे पनि,
कांग्रेस गोरखा : तीनवटा प्रदेश क्षेत्रमा मतदान हुदै, १ ‘ख’को सभापतिमा ठाकुर भट्ट निर्विरोध निर्वाचित
उप सभापति पदमा १ सय ९० मत प्राप्त गरेर कमलादेवी देबकोटा र १ सय ७७ मतका साथ केदारनाथ देबकोटा निर्वाचित भए । सचिव पदमा सबैभन्दा धेरै २ सय २४ मत पाएर सुरज श्रेष्ठ र १ सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बने ।
सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बनेकाे निर्वाचन समितिले जनाएकाे छ ।
याे पनि,
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा