गोरखा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । गोरखामा वडा, पालिका तथा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन भईसकेको । क्षेत्रिय अधिवेशन, महाधिवेशन प्रतिनिधी चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा हिजो आज चलहपहल बढेको छ ।
सदरमुकाम क्षेत्र वरिपरि झण्डा टाँगिएका मोटरसाइकल, चारपाङ्ग्रे गाडीहरु, घरहरु ब्यानरले ढाकीएका छन् । मूख्यत पार्टी कार्यालय तिनधारे वरिपरि, ठूलोआगन क्षेत्रमा धेरै नै चहलपहल रहेको छ । कांग्रेसको १६ गते क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि छनौटको कार्यक्रम रहेको छ भने १८ गते जिल्ला अधिवेशन हुँदैछ ।
काठमाडौंमा रहेर विभिन्न शंकाष्पद धन्दा गर्नेहरु गाेरखामा उम्मेदवार बनेको पाइएको छ । गोरखामा रहेर कम्युनिस्ट र अन्य दलसँग संघर्ष गर्दै आएका कांग्रेस नेता कार्यकर्ताहरुले अब काठमाडौंमा रहेर ठगी धन्दा चलाउनेहरुलाई भोट दिनुपर्ने भएको छ । त्यस्ता व्यक्तिहरुले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको पाइएको छ ।
उम्मेदवारी दिनेमा विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका नेताहरु धेरै रहेका छन् । उनीहरुले पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै कांग्रेसका पूराना जिल्ला तहका नेता महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बनेपनि विजयी हुन नसक्ने भन्दै चिन्तीत बनेका छन् ।
कांग्रेस भित्र विचौलिया भनेर चिनिएका तथा तथा विावदास्पद छविका धेरै उम्मेदवारले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दावी गरेपछि जिल्लाका पूराना कांग्रेस नेताहरु पैसा भए मात्रै महाधिवेशन प्रतिनिधि बन्न सकिने रहेछ भन्दै गुनासो गर्ने गरेका छन् ।
कांग्रेस भित्र विचौलिया भनेर चिनिएका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, क्यासिनो तथा कालो धनको कारोवारी राजेन्द्र बजंगाईं, नेपालमा घुम्न आउने पदयात्री पर्यटक उद्दारको नाममा ठग प्रेमराज खत्री, फेक रेस्क्युका अभियुक्त देवेन्द्रराज वाग्लेलगायतले महाधिवेश प्रतिनिधिमा उम्मेदवारी दिएपछि कांग्रेसका पूराना नेता तथा कार्यकर्ता चिन्तित बनेका हुन् ।
शिक्षा, स्वास्थ्य र स्वराेजगार मेराे राजनीतिकाे मुल आधार भन्दै आरुघाट–८, स्थायी घर भएका खत्रीले क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा ठगी गर्ने गिरोहको नाइके खत्री कांग्रेसकाे १४ औं महाधिवेशनमा उम्मेदवार बनेका छन् ।
उनीद्वारा सञ्चालित एस द हिमालय नामक कम्पनिले नेपाल भ्रमणमा आउने विदेशी पदयात्री पर्यटकलाई उद्दारको नाममा चरम रुपमा ठगी गरेको पुष्टि भएको थियो ।
उनले विश्वव्यापी रूपमा फैलिएकाे काेभिड-१९, काे समयमा समेत गाेरखामा तामझामा साथ एम्बुलेन्स बाडेका थिए । सम्भव नेपाल नामक एक संस्था मार्फत उनले यस्ताे धन्दा गर्ने गरेकाे हुन् । उनले कमिसम्म गरेका छन् भने काेडिभकाे समयमा विभिन्न स्वास्थ्य सामाग्री खरिद गर्दा समेत एकाघरका परिवार मार्फत खरिद गरेकाे भेटिएकाे छ ।
उनकाे यति मात्रै हाेइन, विभिन्न अवैध कार्यमा समेत संग्लनता रहेकाे छ । जस्ताेकि विभिन्न भवन बनाउ, गाेरखामा बाँडिएकाे ६ वटा एम्वुलेन्सलगायत अन्य काम समाजसेवाकाे आडमा उनले त्यस्ता काम गरेका हुन् । उनले यस्ता काम त्यहि संस्था मार्फत एकाघरका परिवारलाई मात्र काम दिने र चर्काे कमिसन खाएकाे आराेप समेत उनमा छ ।
२०७० को सेरोफेरोमा कांग्रेस प्रवेश गरेका सांसद दवाडी पैसाकै आडमा राजनीतिमा आएका हुन् । ‘मेरो राजनीति समाजकै टेवाको लागि मेरो राजनीति तपाईहरुकै सेवाको लागि’ भन्दै सांसद दवाडीले खुल्ला १० तर्फ उम्मेदवार बनेका छन् ।
सांसद भएको ४ बर्षसम्म उल्लेखनीय काम गर्न नसकेका दवाडी आगामी निर्वाचनमा केन्द्रिय राजनीति गर्ने भन्दै आफ्ना कार्यकता पोस्न थालेका छन् । उनले जिल्लाका सिरानचोक, अजिरकोट, बारपाक–सुलिकोट तथा पालुङ्टारका पालिका निर्वाचनमा आफ्ना मान्छेले क्षेत्रिय प्रतिनिधि पाउनु भन्दै पैसाको चलखेल गरेको आरोप समेत लागेको छ । एक पालिका निर्वाचनमा आफ्ना इतरको उम्मेदवार आउने पक्का भएपछि उनले पैसाको खोलो नै बगाएको चर्चा समेत सेलाउन पाएको छैन । उनी आफै प्रत्यक्ष त्यसरुपमा खटिएपछि ति उम्मेदवारले महाधिवेशन प्रतिनिधिमा देखाईने धम्की समेत उनलाई दिएका थिए ।
पदयात्री पर्यटकलाई उद्दारका नाममा ठगी गर्ने गिरोहको अर्का नाइके हुन् वाग्ले । उनले पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । उनको स्वामित्व रहेको नेपाल भिजन ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लीलाई कारबाही गर्न पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो ।
विभिन्न पेशा व्यावसायमा समलग्न रहेका राजेन्द्र बजगाइँको मुख्य धन्दा जुवा अर्थात क्यासिनो हो । तर, उनले क्यासिनो धन्दाकै बीचमा गरेको एउटा कारोबार भने शंकाष्पद छ । कालोधनको शंकाष्पद ओसार पोसार गरेको विषयमा खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले समेत उनी कालाेधनकाे काराेबारमा संग्लन्न रहेकाे खुलाशा गरेको थियो ।
उनले ३ अर्ब रुपैयाँ नेपाली कालोधन भित्र्याएको खुलाशा भएको थियो । उनी गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । उनी गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा पराजित उम्मेदवार समेत हुन् ।
याे पनि,
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा