गाेरखा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा गोरखामा ४८ महाधिवेशन प्रतिनिधिका लागि १ सय १९ जनाको उमेद्धवारी परेको छ । क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ ।
क्षेत्रिय सभापति स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् । क्षेत्र नम्वर १ को सभापतिमा नारायण लामिछाने र दुई सचिवमा शरण गुरुङ र रोशन गुरुङ सर्वसम्मत भएका छन्। क्षेत्र नम्वर २ को सभापतिमा गोविन्द गुरुङ तथा दुई सचिव पदमा दूर्गा गुरुङ र सरोज देवकोटा निर्विरोध चयन भएका छन् ।
क्षेत्रिय सभापतिसहित ५० जना कांग्रेसकाे महाधिवेशन प्रतिनिधि हुनेछन् ।
खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ जना, एक जना महिलाकालागि चार जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा ३ जनाका लागि ५ जना, महिला ३ जनाका लागि ५ जना, दलित १ जनाको लागि ४ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये १ का लागि २ जनाको उमेद्धवारी परेको हाे ।
नम्बर २ मा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको छ ।
खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्य तर्फ २ जना पुरुषका लागि ५ जना, महिलामा १ जना चाहिने २ जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा ३ जना चाहिने ८ जना, महिला २ जनाका लागि ३ जना, दलित १जनाको लागि २ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये १ जनाका लागि एक जनाको मात्रै उमेद्धवारी परेपछि मुस्लिम तर्फ अब्दुल सत्तार निर्वाचित भइसकेका छन् ।
पार्टी कार्यलय गाेरखा र निर्माण व्यवसाहिकाे हलमा बिहान ८ बजेबाट मतदात सुरु भएकाे छ । क्षेत्र न १ काे पार्टी कार्यलयमा र क्षेत्र न २ काे लागि निर्माण व्यवसाहिकाे हलमा मतदान भइरहेकाे निर्वाचन समितिले जनाएकाे छ ।
काठमाडौंमा रहेर विभिन्न शंकाष्पद धन्दा गर्नेहरु गाेरखामा उम्मेदवार बनेका छन् । उम्मेदवारी दिनेमा विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका नेताहरु धेरै छन् । उनीहरुले पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै कांग्रेसका पूराना जिल्ला तहका नेता महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बनेपनि विजयी हुन नसक्ने भन्दै चिन्तीत बनेका छन् ।
कांग्रेस भित्र विचौलिया भनेर चिनिएका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, क्यासिनो तथा कालो धनको कारोवारी राजेन्द्र बजंगाईं, नेपालमा घुम्न आउने पदयात्री पर्यटक उद्दारको नाममा ठग प्रेमराज खत्री, फेक रेस्क्युका अभियुक्त देवेन्द्रराज वाग्लेलगायतले महाधिवेश प्रतिनिधिमा उम्मेदवारी दिएपछि कांग्रेसका पूराना नेता तथा कार्यकर्ता चिन्तित बनेका हुन् ।
याे पनि,
कांग्रेस गाेरखा- विचाैलीया उम्मेदवारकाे ‘रजगज’, विचल्लीमा पूराना नेता !
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा