गाेरखा- निकै नै तडक भडकका साथ भएकाे नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत जिल्लाकाे क्षेत्र न १ का खुल्ला तर्फकाे मत परिणाम सार्वजनिक भएकाे छ । शनिवार भएकाे अधिवेशनमा २७ जना उम्मेदवारमध्ये खुल्ला तर्फ १० जना निर्वाचित भएका हुन् ।
खुल्ला तर्फ निर्वाचित भएका मध्ये जिल्ला सचिव नन्द प्रसाद न्यौपाने सर्वाधिक मत ल्याएका छन् । जिल्ला सभापतिका लागि उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ । न्याैपाने आगामी कार्यकालका लागि सभापति हुने तयारीमा जुटेका छन् । भावि जिल्ला सभापतिका उम्मेदवार समेत रहेका न्याैपानेले ८८० ल्याएका हुन् । १०२७ मत खसेकाेमा उनीले सर्वाधिक मत प्राप्त गरेका हुन् ।
काठमाडौंमा रहेर विभिन्न शंकाष्पद धन्दा गर्नेहरु गाेरखामा उम्मेदवार बनेर निर्वाचित भएका छन् । निर्वाचित हुनेमा विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका नेताहरु धेरै छन् । उनीहरुले पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै कांग्रेसका पूराना जिल्ला तहका नेता महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बनेपनि विजयी हुन नसकेकाे एक नेताले बताए । जिल्लामा नै बसेर राजनीति गरेका तथा कांग्रेसका पूराना नेता कार्यकर्ताकाे समेत खुल्ला १० मा उम्मेदवारी दिएपनि कांग्रेस भित्र विचाैलीया भनेर चिनिएका उम्मेदवारकाे हावी भएकाे हाे ।
निर्वाचित हुनेमा राजेन्द्र बजगाई ७४२, धिरन थापा ७१९, देबेन्द्रराज वाग्ले ६७१, राजराज पन्त ६२३, प्रेम कुमार खत्री ५८५, पुर्ण बहादुर दाहाल ५४७, किरण बाबु श्रेष्ठ ५२६, इश्वर पाण्डे ४७२ र चेत बहादुर अधिकारी ४१३ रहेका छन् ।
२४ जनाकाे लागि भएकाे निर्वाचनमा १४ जनाकाे मत गणना कार्य चलिरहेकाे छ । क्षेत्रिय सभापतिमा यसअघि नै नारायण लामिछाने निर्वाचित भइसेका छन् । उनी पनि स्वत महाधिवेशन प्रतिनिधि हुने कांग्रेसकाे चलन छ । शनिवारबाट सुरू भएकाे मत गणना आइतबार सांझसम्म सकिने निर्वाचन समितिले जनाएकाे छ । मतगणना कार्य जारी नै रहेकाे छ । १८ र १९ मा जिल्ला अधिवेशन हुदै छ ।
याे पनि,
कांग्रेस गाेरखा : महाधिवेशन प्रतिनिधिकाे मतगणना जारी, विचाैलीया उम्मेदवारकाे अग्रता
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा