गाेरखा- नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम कांग्रेस महाधिवेशनमा पराजित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्लाबाट उम्मेद्बारी दिएका बराम पराजित भएका हुन् ।
उनले १७२ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर १ मा १ हजार ४३ मतदाता रहेपनि १ हजार २७ मत मात्रै खसेको थियो । खुल्ला १० मा विचाैलीया र काठमाडौंमा रहेर विभिन्न शंकाष्पद धन्दा गर्नेहरु निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा नन्दप्रसाद न्याैपाने, पूर्ण दाहाल, इश्वर पाेख्रेल, राजनराज पन्त, राजेन्द्र बजगाई, धिरन थापा, देबेन्द्र वाग्ले, प्रेम खत्री, किरण बाबु श्रेष्ठ, इश्वर पाण्डे र चेत बहादुर अधिकारी छन् ।
खुल्ला १० का लागि २७ जनाकाे उम्मेदवारी परेकाे थियाे । शनिबार भएकाे निर्वाचनकाे मत परिणाम केहि समयअ अघि सार्वजनिक भएकाे हाे ।
याे पनि,
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा