गाेरखा- शनिबारबाट सुरू भएको नेपाली कांग्रेस गोरखाको क्षेत्रिय अधिवेशनको मत परिणाम आउने क्रम जारी नै छ । कांग्रसको १४ औं महाधिवेशन अन्तरगत गोरखाको क्षेत्र न १ र २ मा शनिबार मतदान भएको थियो ।
क्षेत्र नम्बर २ मा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको छ ।
खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्य तर्फ २ जना पुरुषका लागि ५ जना, महिलामा १ मा २ जनाको उमेद्धवारी परेको छ । आदीबासी जनजातीमा ३ मा ८ जना, महिला २ मा ३ जना, दलित १ मा २ जना र अल्पसंख्या मुस्लिममा अब्दुल सत्तार निर्वाचित भइसकेका छन् ।
मतदानको प्रकृयाबाट भएको निर्वाचनमा कांग्रेस भित्रैकै विचौलीयाका कारण मत परिणाम बाहिर आउन नसकेको जिल्ला तहका नेताहरू दावी गर्छन् । गोरखा सन्देशलाई प्राप्त सुचना अनुसार क्षेत्र न २ को मत गणना प्रकृयामा विवाद भएको छ । मतगणनाका क्रममा नक्कली मतपत्र भेटिएको भन्दै विवाद भएको स्रोत दावी गर्छ।
स्रोतका अनुसार क्षेत्र न २ को करिब १५/२० वटा भन्दा बढि त्यस्ता मतपत्र भेटिएको हाे । तर, निर्वाचन समितिका एक सदस्यका अनुसार सामान्य भएको तर, मत गणना कार्य जारी गरिएको दावी गर्छन् । भन्छन् -‘एक भाइ त्यो सामान्य हो । त्यसमा हस्ताक्षर गर्दा त्यस्ता केहि समस्या भएको हो । त्यो त्यति सारो केहि होइन्,’ उनले भने ‘मत गणना कार्य जारी छ । हामीले एकैचाेटी सार्वजनिक गर्ने भन्दै हाेल्ड गरेका हाैं ।’ अझ उनले आफु बैठकमा भएको र यस्ता कुराकाे पछि नलाग्न समेत आग्रह गरे ।
स्रोतका अनुसार खुल्ला तर्फ १० जनाका लागि भएको निर्वाचनमा २७ जनाको उम्मेदवारी परेकोमा पैसाका आडमा राजनीतिमा आएका केहि विचौलियाका कारण यस्तो भएको तर्क गर्छन् । भन्छन्- ‘हिजो (शनिबार) राति १० बजेबाट सूरू भएको मतगणना अहिलेसम्म सकिएको छैन । त्यसमा केहि चिज त गठबड छ’, उनले भने ‘६९४ मत गन्न करिब २४ घण्टा लाग्ने अवस्था आउनु र उता मतपत्र नै नक्कली फेला पार्नुमा केहि गढबड भएको छ।’
पछिल्लाे मत परिणाम अनुसार क्षेत्र न २ काे ३७५ मतपत्र गनिएकाे छ । जसमा प्रकाशचन्द्र दवाडी २४७, पिताम्बर बढु २२६, दिपकबाबु कंडेल २२६, हरिबहादुर घले २११, बेदप्रसाद काप्री १९०, ओम गुरुङ १६१, सलाउदिन मियाँ १३२, मोहन पोखरेल १५३, धुब्र पन्त १४९ र सुवास अधिकारीले १३२ मत प्राप्त गरेका छन् ।
ढकाल भन्छन् : निर्वाचन बदर याेग्य देखिन्छ
उता, नेपाली कांग्रेसका पूराना नेता तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेकाे सिरानचाेकका प्रदिप ढकालले निर्वाचन अधिकृत श्या लामिछानेमाथी नैतिक प्रश्न उठाएका छन् । निर्वाचन अधिकृत लामिछानेले निर्वाचन क्षेत्रमा अार्थिक काराेबार गरेकाे, फर्जि मत राेक्न केहि उपाय नलगाएकाे, निर्वाचन क्षेत्रभित्र कस्ता व्यक्ति पूर्णकालिन रहने, क्षेत्रिय सभापतिमा उम्मेदवार बनेर उम्मेदवार दर्ता गरेकाेमा कुन दर्फा अनुसार महाधिवेशन प्रतिनिधि कायम गरिएकाे भन्दै प्रश्न उठाएका छन् ।
ढकाल कांग्रेसका जिल्ला स्तरका पूराना नेता हुन् । उनले याे निर्वाचन नै बदर याेग्य भएकाे भन्दै पुन: निर्वाचन गर्न माग गरेका छन् । यस विषयमा बुझ्न निर्वाचन अधिकृत लामिछानेकाे नम्बरमा ९८५१०*** मा धेरै पटक प्रयास गर्दा समेत सम्पर्क हुन सकेन ।
*अपडेट गरिएकाे हाे
याे पनि,
आदिबासी जनजाति महासंघका अध्यक्ष बराम महाधिवेशन प्रतिनिधिमा पराजित
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा