गाेरखा- विवाद र धेरै चासाेका रूपमा हेरिएकाे नेपाली कांग्रेस गाेरखाकाे क्षेत्रिय अधिवेशनकाे नतिजा सार्वजनिक भएकाे छ । शनिबार भएकाे मतदानबाट प्राप्त मत आइतबार बेलुका सार्जवनिक भएकाे हाे ।
करिब २४ घण्टामा ६९४ मत गणना भएकाे हाे । क्षेत्र नम्बर २ मा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको छ ।
खुल्ला तर्फ निर्वाचित हुनेमा धेरै अजिरकाेट गाउँपालिकाका छन् । गाउँपालिका सुवास अधिकारी २५३, प्रकाशचन्द्र दवाडी ४३३, ओमबहादुर गुरुङ ३१६, बेदप्रसाद काप्री ३४९, पिताम्बर बडु ४२६ रहेका छन् । त्यस्तै खुल्ला तर्फ दिपकबाबु कंडेल ४२१, हरिबहादुर घले ४११, ध्रुब पन्त २९६, सलाउदीन मियाँ २९२ र मोहन प्रकाश पोखरेल २६२ निर्वाचित भएका हुन् ।
प्रत्यक्ष चार महिला तर्फ मनकुमारी गुरुङ ३३२, टिलु घले ३२८, शोभा अधिकारी ३१५, मिना अधिकारी २७०, आदिबासी जनजाती महिला तर्फ
इन्द्र गुरुङ ४०८ र मसलिमाया थोकर ३२१ छन् । आदीबासी जनजाती अशोककुमार गुरुङ ३१३, नबिन श्रेष्ठ २३९, चेतमान श्रेष्ठ २२८, दलित महिला पार्वती नेपाली ३११, दलितमा दिनेश सुनार ३६३, खस आर्य एक महिलामा रबिकला खनाल (न्यौपाने) ३७६, खस आर्य दुई अन्यमा
सुरेन्द्र भण्डारी ३११ र फडिन्द्र धिताल २५३ र अल्पसंख्या मुस्लिममा अब्दुल सत्तार निर्वाचित भइसकेका छन् ।
क्षेत्र न २ काे क्षेत्रिय सभापतिमा यसअधि नै दिर्घमान गुरूङ निर्वाचित भइसकेका छन् । यस अघि देखिदै आएकाे गुट भन्दा बाहिरबाट भएकाे अधिवेशनले कांग्रेसका पूराना नेताहरू पराजित हुन परेकाे छ । क्षेत्र न २ का कांग्रेसका पुराना नेता अजिरकाेटका सुकदेव दवाडी, सिरानचाेकका प्रदिप ढकाललगायतका नेता १४ औं महाधिवेशनमा पारजित भाेग्नु परेकाे हाे ।
गाउँपालिका उपाध्यक्षले हारिन्
अजिरकाेट र सिरानचाेक गाउँपालिका उपाध्यक्षले निर्वाचनमा पराजित भाेगेका छन् । अजिरकाेटकी उपाध्यक्ष चन्द्रमाया गुरूङ र सिरानचाेककी उपाध्यक्ष रिता देवकाेटाले निर्वाचनमा पारजित भाेगेकी हुन्। उनीहरूले १०० मत समेत कटाउन नसकेका हुन् ।
याे पनि,
कांग्रेस गाेरखा : क्षेत्र न २ मा किन सार्वजनिक हुन्न मत परिणाम, के भइरहेकाे छ !
आदिबासी जनजाति महासंघका अध्यक्ष बराम महाधिवेशन प्रतिनिधिमा पराजित
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा