गाेरखा- नेपाली कांग्रेस गाेरखाकाे जिल्ला कार्यसमितिकाे मत गणना जारी छ । क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १ हजार ७४५ जना मतदाताका लागि बिहान आठ बजेदेखि मतदान सुरु भएपनि कुल १ हजार ५१९ मत खसकाे थियाे ।
याे समाचार तयार पार्दासम्म १ हजार १ मत गणना भएकाे छ । कांग्रेस गाेरखाकाे सभापतिमा यस अघि नै जिल्ला सचिव नन्दप्रसाद न्याैपाने सर्वसम्मत चयन भएका थिए ।
मंगलबार उपसभापति, सचिव तथा सह-सचिवलगायतका लागि निर्वाचन भएकाे थियाे । मंगलबार बेलुकाबाट नै मतगणना कार्य सुरू भएकाे थियाे । जिल्ला उपसभापतिमा धिरन थापा निर्वाचित हुने सम्भावना धेरै छ । उनका निकटतम प्रतिद्वन्द्वी सिपी पोखरेल, इमानसिँह बस्न्यात र रविकला खनालकाे मत भन्दा धेरै रहेकाे छ ।
एक हजार १ मतमा उपसभापतिमा थापाले सर्वाधिक ६७० मत प्राप्त गरेका छन् । पोखरेल ३६१, बस्न्यात ३४८, खनाल ३४४ र हरि गान्धारीले २२ मत प्राप्त गरेका छन् । अब ५१८ मत गणना गर्न बाँकि छ । उपसभापतिमा ५ जनाकाे उम्मेदवारी परेकाे थियाे ।
सचिवकाे सबैभन्दा राेचक रूपमा हेरिएकाे छ । जिल्लामा पत्रकारिता गर्दै आएका किशाेरजंग थापा गुट परिवर्तन गर्दै जिल्ला सचिवकाे उम्मेदवार बनेका थिए । उनी संस्थापन इतरकाे पनि गुटकाे उपगुटबाट सचिवकाे उम्मेदवार बनेका हुन् । मंगलरबार भएकाे निर्वाचनमा उनीसंगै जिल्ला काेषाध्यक्ष कृष्णा आले र ओमबहादुर गुरुङ, तारानाथ पुडासैनी र राम भण्डारी चुनावी मैदानमा उत्रिएका थिए ।
उनीहरूमध्येबाट २ सचिव निर्वाचित हुनेछन् । पुाप्त मत परिणाम अनुसार सचिवमा थापा अघि-अघि र आले पछि-पछि छन् । अझ आलेलाई गुरूङले समेत पछ्याइरहेका छन् । थापाले ४५४ मत प्राप्त गरेका छन् । आलेले ४३२, गुरुङले ३२६, पुडासैनीले २४६ र भण्डारीले २२९ मत प्राप्त गरेका छन् ।
त्यस्तै सहसचिवमा भएको मतगणनामा लुमनाथ लामिछानेले सर्वाधिक ४६५ मत प्राप्त गरेका छन् । गगन अधिकारीले २२४, मानप्रसाद धितालले २२२, दीपक हमालले १८३, कमल अम्गाईले १६९, भेजराज पाण्डेले १६१, विश्व भट्टले १९९ र रामशरण आचार्यले ९२ मत प्राप्त गरेका छन् ।
सदस्यहरु अधिकांश सर्वसम्मत
गोरखा नगरपालिकाको महिला सदस्यतर्फ रञ्जिला श्रेष्ठ, पालुङ्टार नगरपालिकाबाट चेतकुमारी श्रेष्ठ, बाबुकाजी कार्की र भवेन्द्रजंग थापा, अजीरकोट गाउँपालिकाबाट गौरी तामाङ र रेशमबहादुर गुरुङ, आरुघाट गाउँपालिकाबाट पूर्णकुमारी गुरुङ सर्वसम्मत चयन भएका छन् ।
गण्डकी गाउँपालिकाबाट रजनी मिया र दिनेश पन्त, चुमनुब्री गाउँपालिकाबाट जोनिशा गुरुङ र ताञ्जिन ग्याल्जेन लामा, धार्चे गाउँपालिकाबाट लालमाया गुरुङ र विश्वकुमार गुरुङ, बारपाक सुलीकोटबाट अम्बिकादेवी थापा सर्वसम्मत चयन भएका छन् । खुल्लामा चुनाव भएको छ । त्यस्तै भीमसेन थापा गाउँपालिकाबाट अमृतादेवी वस्ती, सहीद लखन थापा गाउँपालिकाबाट कविता ढकाल दुवाडी र दिलिपनारायण थापा, सिरानचोक गाउँपालिकाबाट शिला दवाडी र कृष्णप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै अपांग वा अल्पसंख्यकबाट ओमहरि घले, समानुपातिकतर्फ महिलाबाट मिरादेवी दाहाल, सिर्जना कोइराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै आदिवासी जनजाति महिलातर्फबाट टिका श्रेष्ठ, मिना कुमाल, मिनादेवी श्रेष्ठ र रमा गुरुङ, आदिवासी जनजाति खुल्लातर्फबाट पदमबहादुर थापा मगर, भगवानबाबु मास्के, शिवकुमार श्रेष्ठ, सागर गुरुङ र हिराबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै दलित महिलातर्फबाट सोविता परियार चयन भएकी छिन्, दलित खुलामा चुनाव भएको छ त्यस्तै अपांग वा अल्पसंख्यक वा मुस्लिमतर्फबाट अलिउल्लाह मिया, खसआर्य खुल्लातर्फबाट बलराम खड्का, राजेश्वर अम्गाई, रामशरण अधिकारी र जिल्ला अधिवेशनबाट अपांगमध्य महाधिवेशन प्रतिनिधिमा परशुराम भट्ट र प्रदेश प्रतिनिधिका लागि अपांगमध्यबाट दण्डपाणि ढकाल र मोहनप्रसाद धिताल सर्वसम्मत चयन भएका छन् ।
याे पनि,
कांग्रेस गाेरखा : जिल्ला सभापतिमा न्याैपाने सर्वसम्मत चयन
कांग्रेस गाेरखा क्षेत्र न २ : महाधिवेशन प्रतिनिधिमा अजिरकाेटकाे बचश्व, पुराना नेता पराजित
कांग्रेस गाेरखा : क्षेत्र न २ मा किन सार्वजनिक हुन्न मत परिणाम, के भइरहेकाे छ !
आदिबासी जनजाति महासंघका अध्यक्ष बराम महाधिवेशन प्रतिनिधिमा पराजित
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा