गोरखा– नेपाली कांग्रेस गोरखाको उपसभापतिमा धिरन थापा र इमान सिंह बस्नेत निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा थापा र बस्नेतले उपसभापतिका पाँच उम्मेदवारलाई पछि पार्दै निर्वाचित भएका हुन् । थापाले १०३६ मत प्राप्त गरे भने बस्नेतले ५६३ मत प्राप्त गरेका छन् । उपसभापतिमा ५ जनाको उम्मेदवारी परेको थियो ।
त्यस्तै, सचिवमा कृष्ण आले र किशाेरजंग थापा निर्वाचित भएका छन् । आलेले ६९९ मत ल्याएका छन् भने थापाले ६७३ मत ल्याएका छन्। सचिवमा ५ जनाको उम्मेदवारी परेको थियो । सहसचिवमा ८ जनाको उम्मेदवारी परेकोमा लुमनाथ लामिछाने र गंगा प्रसाद अधिकारी (गगन) निर्वाचित भएका छन् । लामिछानेले ६९७ मत ल्याएका छन् भने अधिकारीले ३९३ मत ल्याएका छन् । निर्वाचित सदस्यबाट जिल्ला कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गोरखा जिल्लामा भाद्र १८–१९ गते वडा, असोज ९ गते पालिका, १२ गते प्रदेश क्षेत्र, १५ र १६ गते संघिय क्षेत्र, १८–१९ मा जिल्ला कार्यसमितिका लागि निर्वाचन भएको थियो । क्षेत्रीय सचिव र सभापति, जिल्ला सभापतिमा समेत सर्वसम्मत चयन भएका थिए भने जिल्ला कार्यसमितिको उपसभापति, सचिव, सहसचिवका लागि मंगलबार निर्वाचन भएको थियो ।
क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १ हजार ७४५ जना मतदाताका लागि बिहान आठ बजेदेखि मतदान सुरु भए पनि कुल १ हजार ५१९ मत खसको थियो । क्षेत्र १ को क्षेत्रीय सभापतिमा नारायण लामिछाने, क्षेत्र न २ को सभापतिमा गोविन्द गुरुङ र जिल्ला सभापतिमा यसअघि नै नन्दप्रसाद न्यौपाने निर्वाचित भइसकेका छन् ।
साथै जिल्ला कार्य समिति तथा प्रदेश निर्वाचन क्षेत्रको प्रतिनिधि समेत यस अघि नै सर्वसम्मत चयन भइसकेका छन् । जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश निर्वाचन सभापति, पालिका सभापति र वडा सभापतिमा संस्थापन पक्ष र इतर पक्ष र फरक गुह सक्रिय थिए ।
गोरखामा संस्थापन पक्षका चार गुट थिए भने चार गुट भित्र पनि उपगुट थियो । संस्थापन इतरका पाँच समूह भित्र पनि उपगुट थिए । जिल्लामा संस्थापन पक्षका भनेर केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, अब्दुल सत्तार संस्थापन इतरका चीनकाजी श्रेष्ठ, कमला पन्त र जिल्ला सभापतिमा निर्वाचित न्यौपानेले फरक गुटको नेतृत्व गरिरहेका छन् ।
१३औँ अधिवेशनमा गुट हाबी भएकोमा १४औँ अधिवेशनमा आफ्नो सिट सुरक्षित गर्न गुटस्तरका नेताहरू प्राय मौन बसेका थिए । कांग्रेसका पुराना नेताहरू हराउन विभिन्न खाले हत्कण्डा अपनाएका कांग्रेस भित्र ‘बिचौलिया’ भनेर चिनिएका समूहले आफ्ना मान्छेलाई ल्याउन अप्रत्यक्ष रूपमा चलखेल गरेका थिए ।
याे पनि,
कांग्रेस गाेरखा : उपसभापतिमा थापा, सचिवमा किशाेर अघि-अघि आले पछि-पछि
कांग्रेस गाेरखा : जिल्ला सभापतिमा न्याैपाने सर्वसम्मत चयन
कांग्रेस गाेरखा क्षेत्र न २ : महाधिवेशन प्रतिनिधिमा अजिरकाेटकाे बचश्व, पुराना नेता पराजित
कांग्रेस गाेरखा : क्षेत्र न २ मा किन सार्वजनिक हुन्न मत परिणाम, के भइरहेकाे छ !
आदिबासी जनजाति महासंघका अध्यक्ष बराम महाधिवेशन प्रतिनिधिमा पराजित
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा