गोरखा– प्रहरी प्रधान कार्यालयले उत्तरी गोरखामा सुन तस्करहरूको गतिविधि बढिरहेको भन्दै ‘रेड जोन’मा राख्यो । यसको मुख्य उद्देश्य थियो– छेकम्पारको ङ्गईला भज्याङ (स्यात्ला ) र सामागाउँको रुईला नाका ।
प्रहरी प्रधान कार्यालयलाई प्राप्त सूचनाका अनुसार उत्तरी गोरखा-तिब्बती नाकाका कारण यस्ता खालका तस्करहरू मौलाउन थालेको रिपोट प्राप्त भएपछि गोरखा फेरि सुन तस्करहरूको रोजाइको गतब्य बनेको दाबी गरिएको छ ।
कोरोनाका कारण दुई वर्ष देखि बन्द रहेको उत्तरी गोरखाका तिब्बती नाकाबाट के सुन तस्करी हुने सक्छ ? यसको सहज जवाफ हुन्छ–किन नहुनु ? मज्जाले चाहेको जति ल्याउन सकिन्छ । भौगोलिक हिसाबले विकट रहेको उत्तरी गोरखामा दुई नाका बन्द हुँदा तथा लगातारको बाढी पहिरोका कारण ठाउँ–ठाउँ बाटो अवरुद्ध छ । त्यस कारण पनि हेलिकप्टर तथा पैदल मार्गको प्रयोग गर्दै सुनलगायतका अवैध काम मौलाएको दाबी गरिन्छ ।
यसका विविध पाटा पनि छन् । जस्तो कि तिब्बती-गोरखा नाकाबाट सहज रूपमा यस्ता व्यापारी वारी पारि गर्न सक्नु, सुनका मालिक को हो थाहा नहुनु तर सधैँ भरिया मात्रै पक्राउ पर्नुले पनि ती नाकाका माध्यमबाट तस्करी हुने सक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय कोरोनाका कारण लगातार बन्द रहेको सो नाका खुलाउन पहल गरिदिन गत हप्ता मात्रै गोरखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरिहर आचार्यलाई चुमनुब्रीबासीले आग्रह गरेका थिए ।
चुमनुब्रीबासीलाई खाद्यान्न लगायतका उपभोग्य बस्तुहरूको ओसार–पोसार गर्न समस्यामा परेको भन्दै उनीहरूले सो नाका खुलाउन पहल गरिदिन प्रजिअलाई आग्रह गरेका थिए । दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बती बजार तथा स्थानीय व्यापारी च्याङचिनसंग चिनजानका आधारमा काठमाडौँसम्म सुन पु¥याए बापत राम्रो पैसा पाउने आसमा सुन तस्करी मौलाउँदै गएको प्रहरीले दाबी गरेको छ ।
शुक्रवार, भदौ २३, २०७५ मा त्यही नाका प्रयोग गदै सुन तस्करी हुन थालेको सूचना पछि प्रहरीले काठमाडौँ लैजाँदै गरेको १० किलो सुन सहित दुई जनालाई पक्राउ ग¥यो । सुनको मालिकसम्म पुग्न नसकेको तत्कालीन प्रहरी नेतृत्व त्यसको केही समयमा नै अनुसन्धानमा संग्लन अधिकारीलाई सरुवा ग¥यो । खासमा ती सुनका मालिक को थिए ? अहिलेसम्म रहस्यमय नै छ । न त सुन समातिए पछि ती मालिक आए न त प्रहरी ती मालिकसम्म पुग्न नै सक्यो । यसकै फाइदा उठाउँदै उत्तरी गोरखाको पैदल मार्ग तथा हवाई मार्गको प्रयोग गदै तस्करहरूले सुन तस्करी गने सक्ने प्रशस्त आधार बनाएको प्रहरीको अनुमान छ ।
यी नाकामा अवैध रूपमा स्वदेशी तथा विदेशीहरू दैनिक रूपमा आवत जावत गर्ने गर्दछन् । विगतमा यही बाटो भएर तिब्बती नाकाको प्रयोग गर्दै सुन तस्करी हुनुका साथै उत्तरी गोरखाको पुरातात्त्विक सामाग्रीहरू समेत अवैध ओसार पसार हुन थालेपछि सोमबार, कार्तिक २५, २०७६ मा प्रहरी चौकी जगतको चेक प्वाइन्टमा मेटर र डिटेक्टर सहित चेक जाँच गर्ने व्यवस्था मिलाएको थियो । यसपछि यो नाका अहिलेसम्म त खुलेको छैन । तर, यस्ता खालका अवैध कार्य भने उत्तरी गोरखाका ती क्षेत्रमा निरन्तर चलेको प्रहरीको दाबी छ ।
१० किलो सुन काण्डको अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार, असोज २०७५ मा अवैध चाँदी फेला पारेको थियो । १० किलो सुन चिनियाँ नागरिकको भनिएता पनि अहिलेसम्म प्रहरीले सुनका मालिक को हो भनेर भन्न सकेको छैन ।
सदरमुकामबाट टाढा र सडक यातायातको समेत पहुँच नपुगेका त्यस क्षेत्रमा हुने गरेको विभिन्न तस्करीका घटनाले सुरक्षा चुनौती बढ्दै गएको सुरक्षा निकायको दाबी छ । उत्तरी भेगमा सुरक्षा व्यवस्था मजबुत पार्न जिल्ला प्रहरी कार्यालय गोरखाले जगतमा आधुनिक प्राविधिक चेक जाँचको सुरु गरेको थियो ।
प्राबिधिको अभावमा प्रहरीलाई सुरक्षा चेकजाँचमा समस्या हुँदै आएको थियो । मेटल डिटेक्टरवाट चेक गर्ने व्यवस्था मिलाइएपछि चेक प्वाइन्टहरूको सुरक्षा जाँच भरपर्दो, प्रभावकारी र छिटो छरितो हुने प्रहरीले जनाएको थियो । तर, यसको पनि प्रभावकारिता भएको छैन। जगतमा प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जनाको टोली कार्यरत छ ।
गत आइतबार बेलुका ७ बजेतिर खबर आयो । आरूघाटमा सुनका भरिया र मालिकका नजिक मान्छे (बिचौलिया)बिचमा बार्गेनिङ चलिरहेको छ । आरूघाटमा भएको भनिएको त्यो भेटघाटको एउटै मात्र उद्देश्य थियो– ‘उत्तरी गोरखा हुदैं आरूघाट भित्र्याएको सुनलाई गतब्यमा पुराउने र ती भरियालाई व्यवस्थापन गर्ने ।’ यो खबर प्राप्त भएपछि पङ्क्तिकारले जिल्लाका सुरक्षा टोलीका उच्च अधिकारलाई जानकारी माग्दा उल्टै यस्ता हावाका पछि नलाग्न आग्रह समेत गरे ।
पंक्तिकारसंगको टेलिफोन सम्पर्कमा ती सुरक्षा अधिकारीले भने– ‘हामीले सबै माध्यम प्रयोग गर्दै जानकारी लियौँ । तपाईँलाई के उद्देश्यले सूचना दिइयो थाहा भएन । तर आरूघाटमा त्यस्तो केही पनि खबर छैन ।’
तर के चाहिँ पक्का हो भने प्रहरी प्रधान कार्यालयले सुन तस्करको रोडमा जोनमा गोरखा राख्नु र आरूघाटमा सुन तस्करहरूको उपस्थिति बाक्लिनुमा केही अन्तर सम्बन्ध रहेको उनको समेत दाबी थियो । तर, उनी यसलाई सहजै भने स्वीकार गर्न सक्दैनन् । भन्छन्- ‘प्रहरी प्रधान कार्यालयले गोरखालाई सुन तस्करहरूको नयाँ रुट बन्दै छ भने सूचना आएको हो । तर, पछिल्लो समय उत्तरी गोरखाबाट सुन नै तस्करी भएको र आरूघाटमा सुन भेटिएको भन्ने हल्ला मात्रै हो ।’
किन रोज्छन् तस्करले यो रुट ?
सामान्यतया उत्तरी क्षेत्रबाट गोरखा बजार आउन हप्ता दिन लाग्छ । जिल्लाको कुल भु–भाग मध्यै ४४ प्रतिशत क्षेत्र उत्तरी गोरखाले ओगटेको छ । त्यसैको फाइदा उठाउँदै तस्करले यो बाटो प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्राय सुनसान बाटो, बाटोमा सुरक्षा चेकिङ हुने भाग पनि कम भएकाले तस्करले यो बाटो रोजेको हुनसक्ने प्रहरी दाबी गर्छ ।
अझ पछिल्लो चरण मनासलु क्षेत्रमा जाने हवाई यात्रुको चाप बढेसंगै हेलिकप्टरको चाप नै छ । त्यही चापको फाइदा उठाउँदै तस्करले यी क्षेत्र रोजेको हुन सक्ने अनुमान समेत छ । किनकि उत्तरी क्षेत्रबाट हेलिकप्टरको माध्यमबाट सिधै आरूघाटमा हेलिकप्टर ओलिन्छ । न त त्यो हेलिकप्टरको चेकजाँच हुन्छ न त उत्तरी गोरखाका अन्य भागमा नै । यसको फाइदा उठाउँदै पछिल्लो समय यसरी मौलाएको सुरक्षा स्रोतको अनुमान छ ।
गोरखा बजार आउनका लागी सामागाउँबाट कम्तीमा पनि ४ दिन लाग्छ । त्यसैलाई तस्करले उपयोग गदै सुन तस्करी गदै आई रहेका छन् । बाक्लो सुरक्षा नहुनु, बाक्लो बस्ती नहुनु र भौगोलिक हिसाबले विकट भएकाले पनि यो रुट तस्करका लागि उपयुक्त रुट भएको प्रहरीले दाबी गरेको छ । त्यसमा पनि सबैभन्दा सुरक्षा हिसाबले चुनौतीपूर्ण रहेको जगत क्षेत्र नै हो । यो क्षेत्रबाट विगतमा पनि यस्ता खालका अवैध तस्करीका काम हुदैं आएको थियो ।
याे पनि,
गोरखामा १६ किलो सुन बरामद, तस्करले नै दिएका थिए पैसा हराएको निवेदन