गोरखा– गोरखा नगरपालिका मेयर राजनराज पन्तले कम्युनिष्टहरुको असहयोगका कारण नगरपालिकाको बिकास हुन नसकेको बताएका छन् । नेपाली कांग्रेसको एक कार्यक्रममा मेयर पन्तले नगरपालिकाको विकासमा कम्युनिष्टहरुले असहयोग गरेको बताएका हुन् । तर, उनलाई कुन कम्युनिष्टले कुन आयोजनामा र कसरी असहयोग गरेका हुन् । त्यो भने खुलाएनन् ।
विभिन्न विवाद तथा अनिमियतत्तामा मुछिदैं आएका मेयर पन्तको यो भनाई किन र कसरी आयो त्यो त उनै जानुन् । तर, कम्तिमा उनले के चाँहि स्विाकार गरेका छन् भने– नगरपालिकामा विकासका काम गर्न सकिएन् ।
कांग्रेसबाट निर्वाचित मेयर पन्तसंग नगरपालिकाको कार्यपालिकामा दुईतिहाई बहुमत छ । दुईतिहाई बहुमत भएको मेयरलाई नगरपालिकाको विकास गर्न कुन चाँहि कम्युनिष्टले कसरी रोके त ? कुन–कुन योजनामा कम्युनिष्टले कसरी रोके ? त्यसको उत्तर उनीसंग समेत छैन । किनकि कार्यपालिकामा न्यून मात्रामा उपस्थित रहेका कम्युनिष्टको असहयोग भन्नु बेमैसमी बाजा बजाउनु मात्रै हाे ।
गत स्थानीय तहकाे निर्वाचन प्रचार–प्रसारमा विभिन्न ठाँउमा पुगेका मेयर पन्तले नगरपालिकाकाे विकासमा कुनै कसर बाँकि नराख्ने भन्दै मतदातालाई आश्वसन दिए । भलै, उनी मेयरमा निर्वाचित भएपछि देखिन लायक काम गर्न नसकेकाे भन्दै उनले आफ्नाे टिम भित्र दुखेसाे समेत पाेख्ने गर्छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिका दावेदार समेत रहेका मेयर पन्त जिल्ला सचिव नन्दप्रसाद न्यौंपानेलाई सभापतिमा समर्थन गदैं महासमिति सदस्यमा मनाेनित भए । भलैं, उनी निकटका धेरै उम्मेदवारलाई विभिन्न कमिटिमा ल्याउन सफल त भए । तर, सोचेको जस्तो हुन सकेन् ।
जिल्ला भित्रका ११ स्थानीय तहमध्ये सुगम तह भनेर चिनिएकाे स्थानीय तह हो– गोरखा नगरपालिका । तर, पछिल्लो चार बर्ष नगरपालिकाको सत्ता हात पारेका मेयरले उपलब्धीमूलक काम भने गर्न सकेनन् । काम गर्न नसकेपछि विभिन्न बाहाना बनाउदैं मेयर पन्त उम्किन खाेजेकाे आराेप समेत लाएकाे छ । यसमा नेकपा माओवादी केन्द्र निकटका टाेलीले सामाजिक सञ्जाल मार्फत प्रश्न समेत गरेका छन् । तर, मेयर पन्त चुपचाप छन् ।
सरकारी जग्गामा सहमति विना पसल निमार्ण
महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनले नगरपालिकाले आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभावी बजेट खर्च गर्नेकाे भन्दै औंल्याएपछि मेयर चुपचाप छन् । आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिँदै नगरपालिकामा जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको महालेखाले औंल्याएको थियाे।
नगरपालिकाले ठुलो रकम खर्च गरि सरकारी जग्गाका पसल निर्माण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७६ साउन १ को परिपत्र ल्याउदैं नगरपालिकाले वडा न ६ र ७ को सीमानामा पर्ने वि.पि चोकबाट नयाँ बजारसम्मको खोल्सी वरपर पसल/कबल निर्माण गरेको हो । उक्त जग्गाको स्वामित्व एकिन नगरी पसल/कबल निर्माणमा ठुलो रकम खर्च गर्नु नियमसंगत नभएको भन्दै प्रश्न उठाएपछि मेयर पन्त हार गुहार गदैं मन्त्रालय धाएका थिए ।
यस पसल/कबल संघिय मन्त्रालयले चाहेमा जतिखेर पनि भत्काउन सक्छ । विना अनुमति ठुलो रकम खर्च गदै निमाण भएको पसल सञ्चालनको अवस्थामा त छ । तर, मन्त्रालयले चाहेमा जतिखेर पनि भत्काउन सक्छ । तर, नगरपालिकाका टोली भने यो विवाद साम्य भएको दावी गर्ने छनन्।
ड्रोन खरिदमा अनियमितता
प्रविधिको प्रयोगले प्राविधिक जनशक्ति घटाउने तथा नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले १५ लाख रुपैयाँमा ‘पेन्थम फोर आरटिके’ नामक ड्रोन किन्यो ।
२०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगरपालिकाका मेयर पन्तले नगर क्षेत्रमा हुने कुनै पनि योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाटै हुने बताए । तर, त्यस दिनबाट न त त्यो ड्रोनबाट कुनै सर्भे भयो, न त कुनै अनुगमन ।
उनले ड्रोन उडाएर सकेलगत्तै भीडमा भनेका थिए– ‘अब हामी अफिसमै बसेर नगरक्षेत्रमा सञ्चालित साना ठूला योजनाको अनुगमन गर्नसक्ने भएका छौं। योजना अघिको सर्भेमा पनि ड्रोनको डाटा प्रयोग गर्न सकिने भयो, यसले म्यानपावरकै काम गर्ने भयो। प्राविधिक जनशक्तिको अभावलाई पनि यसले केही हदसम्म राहत मिल्छ भन्ने विश्वास छ।’
दरौंदीमा अबैध दोहन : संरक्षक मेयर
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १, १ (च), ३२४ को धज्जीं उडाँउदै नगरपालिकाले मनलाग्दी तरिकाले दरौंदी नदिमा दोहन गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ मा दराैंदी पुलकाे क्षेत्रमा सार्वजनिक सुनुवाइविना नदिजन्य पर्दाथ उत्खनन् गर्न ठेक्का लगाएपछि असार १८/ १९ गतेबसेको नगरपालिकाको बैठकले निर्णय गरेको भन्दै विवादीत ठेकेदार कम्पनीका मालिक तथा कांग्रेसका नेता तथा इन्द्र बानियाँकाे कम्पनी बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडालाइ मेयर पन्तकाे निर्देशनमा उत्खनन्काे अनुमति दियाे ।
पालुङटार नगरापालिकाकाे क्षेत्रमा गाेरखा नगरपालिकाले क्षेत्रधिकार नाधेर नदीजन्य पर्दाथ निकाल्न अनुमति पाएकाे ठेकेदार कम्पनीले नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन् संकलन तथा विक्री सम्बन्धी कार्य गर्न अनुमति पाएपनि उसले ठेक्का हात पारेकाे सडकखण्ड भने अलपत्र छाडेकाे छ ।
उनी निकटका जिल्ला समन्वयन समिति तथा जिल्लाका सुरक्षा निकाय सम्मिलित अनुगमन समिति बनाएर मेयर पन्तले दरौंदी नदिमा अन्धाधुन्द नदि उत्खनन्को अनुमति दिएका छन् । त्यसको साझि हुन् जिल्ला अनुगमन समिति । समितिमा कोरोना महामारीको बाहानामा खोलामा अनुगमन गर्न नसक्ने भन्दै अनुगमन समिति पन्छिएपछि मेयरलगायतको टोलीलाई राहात पुगेको छ । अनुगमन समिति २०७५/७६ पछि खाेला छिरेकाे छैन । प्रदेश स्तरकाे अनुगमन समितिले गाेरखाका खाेलाभरि अबैध उत्खनन् भएकाे भन्दै कार्वाहि गर्ने बताएपनि पाेखरा पुगेपछि सामसुम भयाे ।
कम्पनीले दराैंदीमा अवैध तरिकाले मेयर पन्तकाे मिलेमत्ताेमा अवैध तरिकाले दाेहन गरिरहेकाे छ । दराैंदी दाेहन गरि निर्माण कम्पनीले आफ्नो ठेक्का लगाएका ठाँउमा काम नगरि अन्य ठाँउमा निर्माण सामाग्री दिएको स्रोत दावी गर्छ । समाचार स्रोतका अनुसार ४ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का पाएको निर्माण कम्पनीले करिब ४० लाखमा घाट नै किनेको छ । उसले यो घाटबाट अवैध रूपमा दरौंदी नदि उत्खनन् गरि निर्माण साम्रागी अन्य निर्माण कम्पनीलाई बेच्नेकाे दवाी गरेकाे छ ।
कम्पनीलाई यस कार्यका लागि नगरपालिकाका प्रशासकीय अधकिृत दिनेशराज पन्त, जिल्ला जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरूङ तथा नियामक निकायको मिलेमत्तोमा अवैध तरिकाले नदि उत्खनन गर्न अनुमति दिएका छन् । हरेक ६/६ महिनामा जिल्लाका विभिन्न खोलामा अनुगमन गर्नु पर्नेमा समितिले कोरोनाको बाहानामा अवैध तरिकाले नदी उत्खनन गर्न दिएको हो । अझ जिल्लामा सञ्चालित अवैध क्रसर निरन्तर उनीहरूकै सक्रियतामा अवैध तरिकाले सञ्चालन भईरहेको छ ।
अलपत्र गोरखा-आरुघाट सडकखण्ड
गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्ड अलपत्र बनेकाे छ । मेयर पन्तले नगरपालिकाकाे क्षेत्रभन्दा बाहिरकाे सडक भन्दै पन्छिएका छन् । सडक कालाेपत्रेकाे ठेक्का पाउनेमा बाँनिया कन्स्ट्रक्शन प्रा.लि हाे । याे कम्पनी बाग्मति प्रदेशका सांसद बानिँयाकाे कम्पनि हाे ।
ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि अवरुद्ध सडकखण्ड चाडाे निर्माण कार्य सक्न दवाव दिन नगरपालिकाका वडाअध्यक्षसहितका जनप्रतिनिधिकाे टाेलीले सडकमा नै काेदाे राेपे । राेपेकाे काेदाे पाक्ने समय भयाे, तर सडक निर्माणकाे काम सुरू हुन सकेन । पछिल्लाे समय दशैंमा घर गएका तथा फर्कने केयाैं यात्रुले कष्ट्र्र पाए । तर, मेयर पन्त नगरपालिकाकाे सडक नभएकाे भन्दै पन्छिदै अाएका छन् ।
उनले आफ्नाे घाेषणा पत्रमा प्रतिबद्व गरेकाे केयाैं याेजना सुरू नै भएकाे छैन । गाेरखा प्रवेश गने गाेरखा गेट समेत अलपत्र छ। अझ उनले नेपालकाे एक मात्र गाेरखाली रबर उद्योग जसरी पनि सञ्चालन गर्छु भनेकाे केयाैं मतदाता सम्झिरहेका छन् । अझ, नगरपालिका चाेकदेखि नगरपालिकाकाे कार्यलय जाने सडक पनि अलपत्र छ । जिल्लामा रहेका विभिन्न समुहले सडकमा ने गएर नाराबाजी गर्दा मेयर पन्त चुपचाप लागेर बसेका थिए ।
पर्यटन प्रबर्द्धनका लागि भन्दै नगरपालिकाले पर्यटन विकास गर्ने लक्ष्यका साथ प्याराग्लाइडिङ परीक्षण सुरु ग¥याे । रोट्याक्ट क्लव गोरखाले नगरपालिकाकाकाे कुईभिरबाट छेवेटारसम्म परीक्षण गरेको थियाे । विना अनुमति प्याराग्लाइडिङको परिक्षण उडान गरेकाे भन्दै विराेध भएपछि मेयर पन्त अनुमति नपाएकाे भन्दै पन्छिए ।
नगरपालिकाले विभिन्न समयमा खरिद गरेको औषधीमा समेत मेयर पन्तको एकाधिकार रहेको दावी गर्नेहरू समेत छन् । उनले सार्वजनिक रूपमा आह्वन भएको टेन्डरमा समेत गुन्डाहरू परिचालन गरि आफ्ना निकटका मान्छेलाई टेन्डर भरेका थिए । धेरै विवादमा आएको त्यो काण्ड अख्तियारमा पुगेको थियो ।
पछिल्लो समय नगरपालिकामा अख्तियारका पत्र र कर्मचारी बाक्लिए पनि सत्ता र पैसाको नजिक रहेका मेयर पन्त सबैलाई मिलाउन सफल भएका थिए । सबैलाई रिजाएर सत्ता सञ्चालन गरिरहेका मेयर पन्त नगरपालिकाको विकास गर्न चाँहि कुन कम्युनिष्टले असहयोग गरे ? जन जनको मनमा यहि प्रश्न उठेको छ।
याे पनि,
आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका
१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्षे देखि स्टोरमै थन्कियो
नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’
दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार
सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका
गोरखाका नयाँ सिडिओ पौडेल भन्छन् – ‘कुनै प्रलोवनमा पर्दिँन,पर्छ भन्ने कसैले नसोचे हुन्छ’
अवैध क्रसर उद्योग डेढ महिनाभित्र बन्द गराउने मन्त्री लम्सालको चेतावनी
दराैँदी नदीको धार नै परिवर्तन गरी ढुंगा, गिटी, बालुवा उत्खनन, मापदण्ड मिचेको भन्दै रोक
दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन
दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड
गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान
गोरखा-आरुघाट सडक निर्माणको ठेक्का अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि
पत्रकारलाई प्रभावित पार्न गाेरखा नगरपालिकाका मेयरले बाड्य ‘ल्याप्टप’
गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’
अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव
७ बर्षदेखि बन्द गोरखाकाली रबर उघोग : बन्यो चुनावी एजेन्डा, तर सञ्चालनमा आएन
गोरखाकाली रबर उघोग : निजि क्षेत्रको सहकार्यमा सञ्चालनमा ल्याउने सरकारी नीति, कार्यान्वयनमा आशंका