गोरखा- नेपाली कांग्रेस, गाेरखा जिल्ला कार्यसमिति सदस्यमा २१ बर्षिय जोनिसा गुरुङ निर्वाचित भएकि छिन् । उत्तरी गाेरखाकाे चुमनुब्री गाउँपालिका-३, न्याककी गुरुङ कार्यसमितिमा निर्वाचित भएकी हुन्।
विद्यार्थी राजनीतिमा संलग्न गुरुङ कम उमेरमा जिल्ला सदस्य बन्न सफल भएकी हुन् । कांग्रेसकाे १४ औं महाधिबेशनबाट निर्वाचित भएकी गुरूङलाई सामाजिक सञ्जालदेखि फोनमा समेत बधाईको ओइरो लागेको छ ।
उनी नेपाल विद्यार्थी संघ गोरखा-काठमाडाैं सम्पर्क समितिको महत्वपूर्ण जिम्मेवारी पनि सम्हालेकी छन् । उनले भनिन्, – ‘भर्खरै सम्पन्न भएको पार्टीको महाधिबेसन बाट जिल्ला सदस्य बनेकी छु, यसले थप जिम्मेवारी प्रदान गरेको छ ।’
उनको पारिवारिक पृष्ठभूमि चाहिँ राजनीतिभन्दा बाहिर छ । उनका बुबा गाउँमा कृषक हुन् । बुवा आमाकी कान्छी छोरी गुरुङ्गले विस्तारै राजनीतिक सफलता प्राप्त गर्दै जाँदा बुबा-आमा पनि खुसी भएका छन् ।
उनले भनिन्,- ‘सुरुमा मैले राजनीति गरेको आमा-बुबाले मन नपराए पनि अहिले एकपछि अर्को सफलता मिल्दा खुसी हुनु भएको छ ।’ परिवारकै सहयोगबाट आफू जिल्ला सदस्य बन्न सफल भएको उनले बताइन् ।
काग्रंसको संगठन बलियो बनाउन आफूले ध्यान दिने उनको भनाइ छ । पार्टी छाडेर गएकाहरुलाई सम्झाई बुझाई गर्दै फर्काउन आँफूले पहल गर्ने पनि उनले बताइन् । भविष्यमा अध्ययनसँगै राजनीति पनि अगाडि बढाउँदै देश विकास गर्ने आफ्नो सपना रहेको उनले बताइन् ।
विकासका काम गर्नका लागि पनि दलहरुबीच सहमति र सहकार्य गरेर अगाडि जानुको विकल्प नभएकाले आँफूहरु जस्ता यूवा पुस्ताले राजनीतिमा चासो दिनुपर्ने उनको भनाइ छ । ‘सके आफै राजनीति गर्नुहोस्, नत्र भने चासो दिएर देशलाई सही दिशामा लैजाने काममा मद्दत गर्नुहोस्’, उनको सुझाव छ ।
उनले अहिले विकास गर्न सक्ने र समाज बदल्न सक्ने पार्टी काग्रेस भएकाले आँफूहरु जस्ता धेरै यूवालाई तानेको दाबी गरिन् । युवाको सपना पार्टीभित्र स–साना मतभेद भन्दा पनि संगठनलाई मजबुत बनाउँदै विकास निर्माणमा केन्द्रित हुने रहेको उनले बताइन् ।
यूवाले अरुलाई दोष दिनु भन्दा पनि आफै अग्रसर भएर देश बनाउन लाग्नुपर्नेमा उनले जोड दिइन् । देशभर एकसाथ सम्पन्न भएको अधिवेशनबाट कार्यकर्ता र नेतृत्वबीच विवाद रहित तरिकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको भन्दै उनले पार्टीमा एकता मजबुत तुल्याउन सफल भएको बताइन् ।
संगठन बलियो बनाउँदै विकासको काम गर्नु सबैको दायित्व रहेको उनको बुझाइ छ । यूवाहरुलाई राजनीति तर्फ तानेर नै विकासका काम गर्न सकिने उनले बताइन् ।
उमेर भन्दा पनि काम गर्ने शैली र व्यवहारले समाज बदल्न सक्ने धेरै अध्ययनले देखाएको भन्दै उनले सबैले जिम्मेवारीपूर्वक काम गर्नु नै पार्टीको हितमा हुने बताइन् ।