काठमाडाैं- आगामी मंसिरदेखि विद्युतको महसुन घट्ने भएको छ। प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताका हकमा औसत १.०४ प्रतिशतले घट्नेगरी आयोगले नयाँ महसुल दर निर्धारण गरेको हो। विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल औसत २.८४ प्रतिशतले घटाएको हो।
विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर कायम गरेको हो। सोमबार बसेको आयोगको बैठकले मंसिरदेखिको विद्युत खपत र २०७८ पुसदेखि बिलिङमा लागू हुनेगरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको छ।
प्राधिकरणका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्तालाई मासिक न्यूनतम शुल्क साबिक महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रतियुनिट १००, १२५ र १५० कायम गरिएको छ।
यस्तै सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका उपभोक्तालाई मासिक न्युनतम शुल्क साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रतियुनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ।
विस्तृत विवरण तल :