गाेरखा- गण्डकी गाउँपालिका फुजेलमा ग १ त ४५८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएकाे छ । टुर्घटनामा परि फुजेलका ५५ बर्षिय प्रेमप्रसाद देवकाेटाकाे घटनास्थलमै मृत्यु भएकाे हाे।
जिल्ला प्रहरी कार्यलय गाेरखाका अनुसार आमडाडाँबाट घर फर्कदै गर्दा ट्रयाक्टरबाट खसेर उनकाे मृत्यु भएकाे हाे । दुर्घटना पछि ट्याक्टर चालक भने फरार रहेका छन् । उनकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यलय ताङलीचोककाे प्रहरी टाेली घटना स्थलमा जाँदै गरेकाे र थप विवरण आउन बाँकि रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्याक्टरबाट खसेका उनलाई चक्काले टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको बताईएको छ ।