गाेरखा- नेकपा (माओवादी केन्द्र) निकट युवा संघगठन वाईसीएलले गत भदौमा निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ। वाईसीएलले गत भदौमा गरेको राष्ट्रिय सम्मेलनबाट सुमन देवकोटाको नेतृत्वमा नयाँ टिम बनाएको थियो ।
वाईसीएलले झण्डै तीन महिनापछि उनीहरुको कार्यविभाजन गरेको हो । वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुख समेत टुंग्याएको छ। त्यस अलवा जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक समेत तोकिएको छ ।
वाईसीएल गाेरखाकाे इन्चार्जमा गुणराज खनालले जिम्मेवारि पाएका छन् भने संयाेजकमा अशाेक शर्मा भट्टले जिम्मेवारी पाएका छन् । भट्ट यसअघि पनि संयाेजककाे जिम्मेवारीमा थिए ।
विद्यार्थी राजनीतिबाट राजनीति जीवन सुरूवात गरेका नेता खनाल पब्लिक युथ क्याम्पसको अखिल क्रान्तिकारीको अध्यक्ष हुदै केन्द्रिय सचिवालय सदस्य समेत भएका थिए । त्यस्तै केन्द्रिय सदस्यमा गाेरखाका पाँच जना चयन भएका छन् । जिल्ला इन्चार्ज खनाल, संयाेजक भट्ट, पुर्व जिल्ला अध्यक्ष सुदिप नगरकाेटी, प्रेम श्रेष्ठ र लक्ष्मि रम्तेलले जिम्मेवारी पाएका हुन् ।