नामजुङ- जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईलाई गोरखाका जनताले प्रश्नको बाढी बर्साएका छन् । जसपाको पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान अन्तरर्गत गाेरखा दाैडाहामा रहेका बाबुरामलाई कुनै बेलामा आफ्ना मतदातासमेत रहेका गोरखा क्षेत्र न १ का जनताले प्रश्नको बाढी बर्साएका हुन् ।
राष्ट्रिय गौरवको आयोजनाको योजनाकार समेत रहेका पूर्वप्रधानमन्त्री बाबुरामलाई त्यस क्षेत्रका जनताले यो आयोजना कहिले बन्छ र कुन मोडालिटिमा बन्छ भन्दै प्रश्न गरेका थिए । सोमबारबाट सुरू भएको घरदैलौ कार्यक्रममा अधिकांश जनताले हिजो क्षेत्र न १ का जनलाई घात गरेको भन्दै अब भोट नदिने समेत गुनासो गरे ।
अझ विवादित बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा त हरेक जनताले प्रश्न गरेका छन् । संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी र सहिद लखनका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् नि ! के हो ?’ भनेर समेत साेधेका थिए ।
जवाफमा भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको भन्दै आश्वसन दिन भ्याए । यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो। भट्टराईले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन्। यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि।’
भट्टराईले अहिले सहयोग लिने र विकास तथा समृद्धिमा लाग्ने समयकाे भन्दै हामी त्यतातिर लम्किने बेला भएकाे बताए। अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी नभएको भन्दै उनले पहिले आफू बलियो बनेमा कसैले हेप्न नसक्ने बताए। भट्टराईले भने, ‘अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’
उनले एमसीसी अनुदान सम्झौता देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा गर्ने गरी लिन हुने जनाएका छन् । एमसीसीलाई भूतको रुपमा लिएको भन्दै यो एउटा अन्तराष्ट्रिय स्तरको राजमार्ग र विद्युत हाईटेन्सन लाईनको विकास परियोजना भएकाे भन्दै एमसीसी हामी जस्तो विकासन्मुख मुलुकले अवसरको रुपमा लिनुपर्ने जनाए ।
संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन’, उनले भने, ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन।’ उनले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताए।
उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन’, उनले भने, ‘संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ।’
अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि उनकाे भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन’, भट्टराईले भने, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपर्थ्यो।’
अर्को प्रसङ्गमा उनले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताए । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’, उनले भने, ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो।’
याे पनि,
घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी कहिले बन्छ, भने- दुई महिनाभित्रै टुंगो लाग्छ
गाेरखामा बाबुरामकाे ‘सुज’ अभियान : धार्चेदेखि बारपाक हुदैं भच्चेकसम्म, के छ कार्यक्रम ?
गाेरखा पुगेर बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन