गाेरखा- स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गण्डकी गाउँपालिका ६ भुम्लिचोककाे तोमनडाडाँ आधारभुत विद्यालयमा ५० हजार राशिकाे अक्षयकाेष स्थापना भएकाे छ । साेहि विद्यालयमा अध्ययनरत पत्रकार देवराज गुरूङले आफ्नो हजुरवुवा गुरुङको स्मृतिमा अक्षय काेष स्थापना गरेका हुन् ।
चेपाङ जातीकाे बहूल्य रहेकाे साे विद्यालयका निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षा दीक्षामा सहयोग पु¥याउने हेतुले विद्यालय अक्षयकोषको स्थापना गरिएकाे गुरूङले बताए ।
मंगलबार विद्यालयमा एक कार्यक्रमवीच वडाध्यक्ष जीवन गुरुङको रोहवरमा प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई अक्षयकोष स्थापनाको लागि ५० हजार रकमको चेक हस्तान्तरण गरे।
मानिसको जीवनमा परिवर्तन र प्रगतीको लागि शिक्षा महत्वपूर्ण रहेकोले विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिएको रकम हस्तान्तरण गर्दै गुरूङले बताए ।
‘अहिले ५० हजार रुपैयाँको कोष स्थापना गरेको भएपनि कोषलाई वृद्वि गरि १ लाखसम्म पु¥याउनेछु’ उनले भने। यस्तै आफ्ना वुवा, हजुरवुवाहरु अशिक्षित रहदा रहदै पनि उहाँहरुले शिक्षा प्रति मोह र लगाव देखाउदै आफुँहरुलाई उच्च शिक्षा दिएकोले स्वर्गीय हजुरवुवाको सम्मानमा कोष स्थापना गरेको पनि उनले बताए।
वडाध्यक्ष गुरुङले अक्षयकोष स्थापना गरेकोमा दातालाई धन्यवाद व्यक्त गरेका छन्। ‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन, यहाँका स्थानीय विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सघाउ पु¥याउने कार्य गरेकोमा हामी अत्यन्त खुशी छौं’ उनले भने।
रकम ग्रहण पश्चात विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर चेपाङले अक्षयकोष स्थापनाका दातालाई धन्यवाद दिदै अक्षयकोषको आम्दानीलाई विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँगको छलफलबाट कार्यविद्यि बनाई विपन्न विद्यार्थीको शिक्षामा खर्च गरिने बताए। गुरूङ इच्छाकामना डटकमका सम्पाद हुन् ।