गोरखा- नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाको नयाँ तदर्थ समिति गठन गरिएको छ । वर्तमान जिल्ला कार्यसमिति विघटन गरी विहिबार नयाँ तदर्थ समिति गठन गरिएको हो । गोरखा शाखाको सभापतिमा यदुविलास भट्टराई पुन: चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा सिन्धु तिवारी उपाध्याय र भिमलाल श्रेष्ठ, मन्त्रीमा भिमसेन काजी बानिया, कोषाध्यक्षमा कुमार बानिया, उपमन्त्रीमा मिन बहादुर थापा, उप-कोषाध्यक्षमा निधिप्रसाद तिमलसिना चयन भएका छन् ।
सदस्यहरुमा जिवन ज्योती कट्टेल, तारा देवी बस्नेत, कालिकिा पाण्डे, नन्दलाल बगाले, ज्ञानहरी अर्याल, सुजता गिरी, पुष्पा श्रेष्ठ र अनिता थापा चयन भएको नेपाल रेडक्रस सोसाइटी गोरखाले शाखाले जनाएको छ ।
०७८ कात्तिक २३ गते सम्पन्न केन्द्रिय कार्यसमितिको ३८ औ वैठकले वैधानिक दायित्व पालन नगरेको भन्दै वर्तमान जिल्ला कार्यसमिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरिएको बताइएको छ । जिल्लाकाे सभापति भगवानबाबु मास्के थिए ।
रेडक्रसको प्रचलित विधानको दफा १७ (क) ले व्यवस्था गरेको केन्द्रिय कार्यसमितिमा निहित अधिकार प्रयोग गरी दफा ५३ को (४) घ. बमोजिम गोरखाको वर्तमान समिति गरी दफा ३५ (१) बमोजिम नयाँ जिल्ला तदर्थ समिति गठन गरिएको गोरखा शाखाले जनाएको छ ।