गाेरखा- गोरखा अस्पताल, गाेरखाको एम्बुलेन्स दुर्घटनामा परेकाे छ । मंगलबार बिहान ठुलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको हो । पोल भने भाँचिएको छ । चालक सम्पर्कमा नरहेको र अन्य मानबिय क्षती केही नभएको ट्राफिक प्रहरीले जनाएको छ ।