गाेरखा- संघिय सरकारले हटाएकाे निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम गण्डकी प्रदेशले जारी ग¥याे। प्रदेशका ३६ निर्वाचन क्षेत्रमा २ कराेडका दरले बजेट दिएकाे निर्वाचन क्षेत्र बिकास कार्यक्रम गाेरखाका सांसदले मनलाग्दी रूपमा विनियाेजन गरेका छन् ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसदरहेका गाेरखा निर्वाचन क्षेत्र न २ (ख)मा प्रदेशका सांसदले बारपाक-सुलिकाेट गाउँपालिकाका हरेक वडामा मनलाग्दी तरिकाले बजेट दिएका हुन् । प्रदेश सांसद प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस)काे अध्यक्षतामा समानुपाती सांसदहरु मनकुमारी गुरुङ (नेपाली कांग्रेस), धनमायाँ लामा पोखरेल (जसपा) र पुर्वाधार बिकास कार्यालयका गाेरखाका प्रमुख ओजराज ढुङगासहितको बैठकले आर्थिक बर्ष २०७८/०७९ का लागि ६ लाख प्रशासनिक खर्च भन्दै १ कराेड ९४ लाख बराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरर्गत बारपाक-सुलिकाेट गाउँपालिकामा (८ वडा) , अजिरकाेटमा (५ वडा) र सिरानचाेक गाउँपालिकामा (८ वडा) रहेका छन् । सांसदहरूले छानेकाे ३० याेजना तथा कार्यक्रममा बारपाक-सुलिकाेटमा मात्रै १७ याेजना छन् । अजिरकाेटमा ७ याेजना र सिरानचाेकमा ६ याेजना रहेका छन् । प्रदेश सरकारले हरेक सांसदलाई समानुपातिक हिसावले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेपछि प्रदेश सांसद दवाडी, लामा र गुरूङले अधिकांश याेजना बारपाक-सुलिकाेट केन्द्रित गरेका हुन् ।
अघिल्लाे आर्थिक बर्षमा पनि सांसद दवाडीले बारपाक-सुलिकाेट गाउँपालिका केन्द्रित याेजना हालेका थिए । अघिल्लाे आर्थिक बर्षमा विकास काेषकाे बजेट १२ याेजनाकाे करिब ८२ लाख थियाे । अहिले याेजना तथा बजेट समेत बढेकाे छ । चार प्रदेश सभा रहेकाे गाेरखाका तिन निर्वाचन क्षेत्रकाे याेजना भने प्रकृियामा नै रहेकाे पुर्वाधार कार्यलयले जनाएकाे छ ।
सिरानचाेकमा ६ याेजनाका लागि ३२ लाख
प्रदेश सांसद लामा र गुरूङकाे गाउँपालिका रहेकाे सिरानचाेकमा ६ याेजनामा ३२ लाख ६६ हजार बजेट परेकाे छ । जसमा वडा न १ काे केरवारी खेल मैदान निर्माण तथा खेल सामाग्री खरिदको लागि ६ लाख ६६ हजार, वडा नं ५ चित्रेपोखरीको कैलाश कृषि पशुपन्छी तथा माछा फर्मको पूर्वाधार निर्माणका लागि ५ लाख, वडा नं ७ श्रीनाथकोटको गुरुङ समाज चियान डाँडा निर्माणका ५ लाख, वडा नं ३ हर्मीको प्रगती महिला जागरण सापकोटा गाँउ महिला समूह भवन निर्माण गर्न ८ लाख, वडा नं ४ छोप्राकको फिरपिरे आरुबाटे भवन निर्माणका लागि ४ लाख र सिरानचोक वडा नं ६ गाँखुको लालिगुँरास महिला समूह भवन निर्माणको लागि ४ लाख रकम छुट्याइएको छ ।
अजिरकाेटमा ४० लाखमा ७ याेजना
प्रदेश सांसद दवाडीकाे निर्वाचन क्षेत्र रहेकाे अजिरकाेट गाउँपालिकालाई जम्मा ७ याेजना परेकाे छ । ४० लाखमा ७ याेजना हालेका प्रदेश सांसदले हरेक वडामा कनिका छरेझै बजेट दिएका छन् । जसमा, वडा न ४ सिम्जुङ्गको ताप्ले बुद्ध ज्योती युवा क्वल खेलमैदान निर्माणको लागि ४ लाख, वडा न ४ कैं साझेदारी कृषि तथा पशुपन्छी फर्म भौतिक पूर्वाधार निर्माण ५ लाख, वडा नं ३ हंसपुरको टुटुवान समाज घर निर्माणका ८ लाख, वडा नं १ को मिलिम बेसी, घट्टैखोला, पात्ले सिम्जङ्ग हुँदै गाउँपालिका जोड्ने मोटर बाटो निर्माणको ८ लाख, वडा ५ मुच्चोकको चौतारा जेष्ठ नागरीक समुहद्धारा मन्दिर निर्माण (लक्ष्मीनारायण मन्दिर) को लागि ४ लाख, सोही वडाको मल्ले आमा समुह भवन मर्मत, खेलमैदान तथा ढल व्यवस्थापन गर्न ६ लाख र वडा नं २ खरिबोटको खिम्पु गुम्बा निर्माणको लागि ५ लाख रकम छुट्टाइएको छ ।
सांसदकाे सुलिकाेट माेह : १७ याेजना १ कराेड १० लाख बजेट
कांग्रेस भित्र पैसाकै भरमा राजनीतिमा गरेको आरोप लागका प्रदेश सांसद दवाडीले बिशेष त बारपाक-सुलिकोट गाउँपालिका केन्द्रित राजनीति गर्दै आएका छन् । तुलानात्मक रूपमा बारपाकमा कांग्रेसका संक्रिय कार्यकर्ता समेत कमजोर मानिएको सो गाउँपालिकामा सांसद दवाडीले बिशेष गरि सौरपानी, ताकु, बारपाक र देउरालीलाई आफ्नो बिशेष महत्वको वडा भन्दै आएका छन् । उनी निर्वाचित भएको ४ बर्षमा करिब २ सय पटक यो गाउँपालिकामा कार्यक्रम लिएर गएका छन् ।
‘मेरो राजनीति समाजकै टेवाका लागी, मेरो राजनीति तपाईहरूको सेवाका लागी’ भन्दै राजनीतिमा होमिएका सांसद दवाडी बारपाक(सुलिकोटमा मात्रै किन सक्रिय छन् रु चासोका रूपमा हेरिएको छ । उनी मात्रै होइन, प्रदेश सांसद लामा समेत यो गाउँपालिका केन्द्रित राजनीति गर्दै आएका छिन् । उनको जन्मथलोका रहेको स्वारामा उनले धेरै योजना हालेको भन्दै सामाजीक सञ्जालमा समेत प्रचार गर्ने गरेकि छिन् ।
१७ याेजनालाई १ कराेड १० लाख बजेट दिएका प्रदेश सांसदले याे क्षेत्रलाई बिशेष महत्व दिएका छन् । जसअनुसार, वडा नं २ बारपाकको थालिडाँडा पोङ्क पदमार्ग तथा मान्द्रे स्कुलको स्टेज निर्माण लागि १० लाख, वडा नं ४ को साैरपानीकाे सौरपानी यूवा संञ्जालको भवन निर्माणको ६ लाख, वडा नं ७ देउरालीको शैलपुत्री माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि ७ लाख र वडा नं. २ बारपाककाे अलगाउ, तुम्सिका सामुदायिक भवन निर्माण गर्न ६ लाख रकम छुट्याइएको छ ।
वडा नं ४ सौरपानीकाे केउरा अल्लो तथा जडीबुडी संकलन तथा प्रशोधन केन्द्र सामाग्री खरिद तथा निर्माणको लागि ५ लाख, वडा नं २ बारपाककाे शिव मन्दिर निर्माणको लागि १२ लाख ६६ हजार वडा न २ कैं इस्नान सामुदायिक मण्डलीको रेलिङ्ग आँगन घेराबारको तथा चर्पी निर्माणका ८ लाख र वडा नं ६ ताकुकाेटकाे खुम्चे गुम्बा निर्माण गर्न ६ लाख रुपैया छुट्याइएको छ ।
वडा नंं. ३ स्वाँराकाे स्तुल खोला प्रा.विको रिटेनिङ्ग वाल निर्माणका लागि ६ लाख, वडा नं १ बारपाकको संस्कार कृषि तथा पशुपंक्षी फर्म निर्माणको लागि ४ लाख, वडा नं ३ स्वाँराको काफल डाँडा चिहान ट्रस्ट तथा सामुदायिक भवन मर्मत गर्नको निम्ति ७ लाख, वडा नं. ५ तामलाबाेटको जलकन्या तथा चन्द्रकला विद्यालय घेराबारको लागि ८ लाख, वडा नं ४ सौरपानीको स्मृति कृषि फर्म (बाख्रा खरिद तथा पूर्वाधार निर्माण) गर्न १५ लाख, वडा न ४ को थानी आधारभूत विद्यालय घेराबार तथा शिवशक्ति क्लब खेलमैदान निर्माणका लागि ६ लाख, वडा नं. ३ स्वाँराको देवडाँडा मञ्जुश्री युवा क्लब भवन तथा खेलकुद मैदान निर्माणका लागि ७ लाख र वडा नं ४ सौरपानीको अब्राहम कृषक फर्म निर्माणको लागि ५ लाख छुट्टाइएको छ ।
याे पनि,
सांसद दवाडीकाे बारपाक-सुलिकाेट ‘माेह’ : १२ याेजनालाई ८२ लाख [योजना र बजेटको विवरणसहित]