गाेरखा- नेकपा एमालेका सांसद रामशरण बस्नेतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत ३० योजना र कार्यक्रम छनौट गरेका छन्।
गाेरखा क्षेत्र न १ प्रदेश सभा ‘ख’ का सांसद बस्नेतले २ कराेड मध्ये आर्थिक बर्ष २०७८/०७९ का लागि ६ लाख प्रशासनिक खर्च भन्दै १ कराेड ९४ लाख बराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् ।
प्रदेश सभा ‘ख’ मा भीमसेन (८), आरुघाट (१०) र धार्चे गाउँपालिका (७) मा ९/९ वटा योजना र चुमनुब्री (७) मा ३ योजना परेका छन् । भीमसेनका कुल १० याेजना ६० लाख, आरुघाटका ९ याेजनामा ६२ लाख, धार्चे गाउँपालिकाका ९ याेजना ५८ लाख र चुमनुब्रीका ३ याेजना १८ लाखका योजना र कार्यक्रम छनौट गरेका छन् ।
तर, उनका याेजना बिशेष गरी धार्चे र आरुघाट केन्द्रित छ । उत्तरी गाेरखाकाे पैदल मार्ग समेत अवरूद्व भएकाे समयमा ति पैदल मार्ग सम्बाेधन गर्न सांसद बस्नेत असफल भएका छन् ।
संघ सरकारले हटाएकाे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम गण्डकी प्रदेश सरकारले भने निरन्तरता दिएकाे छ । हरेक निर्वाचन क्षेत्रमा २ कराेडका दरले बजेट दिएकाे प्रदेश सरकारले प्रदेश सभा ‘ख’ मा सांसद बस्नेत मात्रै एक्ला सांसद हुन् ।
भीमसेनका कुल १० याेजना ६० लाख
वडा १ मसेलमा दलित बस्ती पिपल डाँडा–पाताल खानेपानी आयोजनाका लागि १६ लाख, वडा न १ मसेलमा धारापानी चापाखोला खानेपानी (पाइप खरिद) गैह्राथोक सपुङेका लागि ४ लाख, वडा न २ तान्द्रांगमा तान्द्राङकोट डुम्कारे मन्दिर कम्पाउण्ड एवम् झण्डा स्थापनाका लागि ६ लाख, वडा न ३ र ३ मा नवज्योति मा.वि. कम्पाउन्डीङ वाल तथा ग्राउण्ड (सामाग्री खरीद) निर्माणका लागि ५ लाख, तान्द्रांगमा फलेथोक खेलकुद मैदान स्तरोन्नतीका लागि ५ लाख, वडा न ४, धावामा रैथाने पिपल डाँडा हुँदै महादेवस्थान मोटरबाटो स्तरोन्नति (कृषि सडक) का लागि ८ लाख र वडा न ५ बगुवामा खान्चोक सामुदायिक भवन निर्माणका लागि ९ लाख रकम छुट्याईएको छ । वडा न ७ बोर्लांगमा क्यामुनाटार रुखाथुम सिढीँ बाटो निर्माणका लागि ४ लाख, वडा न ८ बोर्लांगमा महादेव शान्ति युवा क्लव खेलकुद मैदान निर्माणका लागि ३ लाख रकम छुट्याइएको छ । सांसद बस्नेतले वडा न ६ अश्रांगमा कुनै पनि याेजना हालेका छैनन् ।
आरुघाटका ९ याेजनामा ६२ लाख
वडा १ मान्बुमा घाम्लिङ भिर बाटो रेलिङ निर्माणका लागि ६ लाख, आरुघाट ७ मा भ्यागुते बडरे स्तुलखोला नियन्त्रणका लागि १५ लाख, आरुघाट ६ मा आप्रीक गेट निर्माणका लागि ४ लाख, आरुघाट ५ मा पिपलडाँडा आमा कृषक समुह तथा महिला सामुदायिक भवन निर्माणका लागि ८ लाख, आरुघाट ३ मा लिजा कृषि तथा पशुपन्क्षी फराम (बाख्रा खोर) निर्माणका लागि ४ लाख, आरुघाट २ मा दलित जनजाती उत्थान महिला समुह भवन मर्मतका लागि ६ लाख रकम छुट्याइएको छ । आरुघाट ८ मा प्रगतिशिल कृषक समुह हिउँदे सिचाई योजना का लागि ४ लाख,आरुघाट १० मा दाजुभाई कृषि तथा पशुपन्क्षी फर्म (बाख्रा खोर) निर्माणका लागि १० लाख र आरुघाट ४ मा पाखुरे बासपुर कृषि सडक निर्माणका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।
धार्चे गाउँपालिकाका ९ याेजना ५८ लाख
त्यस्तै, वडा न ५ मा सिंला आधुनिक कृषि फारम माछा पोखरी निर्माण एवम् घेराबार कार्यका लागि ७ लाख, धार्चे ३ मा देउचेत कृषि तथा पशुपन्क्षी फारम ट्राउट माछा पालन पुर्वाधार निर्माणका लागि ९ लाख, धार्चे ५ मा तल्लो गाउँदेखि माझगाउँ जाने गोरेटो बाटो निर्माणका लागि ७ लाख र आरन निर्माण योजना गुम्दा माथिल्लो दलित बस्तीका लागि ३ लाख, धार्चे ४ मा लाप्राक समाज यसवा क्लव खेलकुद मैदान निर्माण एवम् घेराबारका लागि ५ लाख, धार्चे ३ मा उहिया दलित बस्ती आरन निर्माणका लागि ४ लाख, धार्चे २ मा केरौँजा काशिगाउँ कृषि सडक स्तरोन्नतीका लागि १५ लाख विनियोजन गरिएको छ । धार्चे ७ मा नमुना कृषक समुह पुर्वाधार निर्माण तथा सिंचाइ सामाग्री खरिदका लागि ४ लाख, धार्चे ३ पाङसखर्कमा भुक्प स्मृति पार्क निर्माणका लागि ४ लाख रकम छुट्याइएको छ ।
चुमनुब्रीका ३ याेजना १८ लाख : पहिराे हटाउने छैन याेजना
चुमनुब्री गाउँपालिका ३ पाङसिङमा पाङसिङी आधारभुत विद्यालय संरक्षण÷सामाग्री खरिदका लागि ७ लाख, चुमनुव्री ४ प्रोकमा प्रोक खेलकुद मैदान निर्माणका लागि ५ लाख, चुमनुव्री ३ फिलिममा मनाश्लु कृषि तथा पशुपन्क्षी फारम (बाख्रा खोर) निर्माणका लागि ६ लाख रकम विनियोजन गरिएको छ ।
याे पनि,
प्रदेश सांसदकाे ‘बारपाक-सुलिकाेट माेह’ : १७ याेजनालाई १ कराेड १० लाख [योजना र बजेटको विवरणसहित]