गाेरखा- कार्यकर्ताद्वारा प्रस्तुत हुने योजना, अध्ययन अनुसन्धान नगरी भोट सुरक्षित गर्न मात्र गरिने हुनाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम संघ सरकारले खारेज ग¥याे । तर, गण्डकी प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रमा २ कराेडका दरले दिएपछि गाेरखाका प्रदेश सांसदले आफ्ना मतदाता केन्द्रित योजनाका हालेका छन् ।
नेकपा (माओवादी केन्द्र)का दलबाट गाेरखा क्षेत्र न १ प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रदेश सांसद लेखबहादुर थापामगर ले गण्डकी, सहिद लखन, गोरखा नगरपालिकाका केहि वडामा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम कार्यक्रम अन्तरगत ३० योजनामा आर्थिक बर्ष २०७८/०७९ का लागि ६ लाख प्रशासनिक खर्च भन्दै १ कराेड ९४ लाख बराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् ।
कुल योजना मध्ये गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा ९/९ योजना र गोरखा नगरपालिकामा १२ वटा योजना परेका छन् । गण्डकीमा ९ याेजनाका लागि ५७ लाख, सहिदका ९ याेजनाका लागि ६० लाख र गाेरखा नगरपालिका १२ याेजनाका लागि ७७ लाखबराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् ।
गण्डकीमा ९ याेजनाका लागि ५७ लाख
वडा न १ काे काऊले समुदायिक कृषि भवन निर्माणका लागि ६ लाख, वडा न २ काे कृषिऊपज संकलन केन्द्र निर्माण गोर्दीटारका लागि ६ लाख, वडा न ३ काे तिवारीगाउ मासाजुडे पुण्यगाऊँ बटुकी भैरब मन्दिर जाने सिढी (पर्यटकीय पदमार्ग) निर्माणका लागि ६ लाख, वडा न ४ काे ढाबे गैरीचौतारा कृषि सडक स्तरोन्नतिका लागि ६ लाख रकम छुट्याईको छ । वडान ५ काे रानागाउँ स्वास्थ्य इकाई भबन निर्माणका लागि ७ लाख, वडा न ६ काे सुनौलो युबा क्लब भवन निर्माणका लागि ६ लाख, वडा न ७ काे घ्याल्चोक सामुदायिक भवन (अधुरो पूरा गर्ने)का लागि ९ लाख, वडा न ८ काे नयाँगाउँ खेलमैदान अधूरों भवन निर्माणका लागि ६ लाख र वसन्तऋतु पोल्ट्री फर्मको (पूर्वाधार तथा व्यवस्थापन)निर्माणका लागि ५ लाख विनियोजन भएको छ ।
सहिदका ९ याेजनाका लागि ६० लाख
वडा न १ काे सानो दिप्लिङ महिला समूह अधुरो भवन निर्माणका लागि ७ लाख, २ काे आरुबोट मगर गुठी भवन निर्माणका लागि ७ लाख, ३ काे माथिल्लो वनौती कामीगाऊ (अधूरो) भवन निर्माणका लागि ६ लाख, ४ काे करङ बगर खेलमैदान निर्माण, ठेउवाटारका लागि ६ लाख, ५ काे चन्देश्वरी महिला भवन निर्माण, तिनमानेका लागि ६ लाख, ६ काे दार्चे सामुदायिक भवन अधुरो निर्माणका लागि ७ लाख, ७ काे महिला वहुउदेस्यिय सामुदायिक भवन निर्माणका लागि ७ लाख, ८ काे हटिया कोटकाली क्लब भवन निर्माणका लागि ७ लाख र ९ काे सातदोबाटो सामुदायिक भवन निर्माणका लागि ७ लाख रकम विनियोजन भएको छ ।
नगरपालिका १२ याेजनाका लागि ७७ लाख
१ काे दलित जनजागरण महिला समूह भवन निर्माणका लागि ७ लाख, २ काे केउरेनी आरन आधुनिकीकरणको लागि ट्रस्ट निर्माण तथा औजार/उपकरण खरीदका लागि ६ लाख र हुन्चिङगाउँ–चण्डीथान–जुगेपानी–धारापानी कृषि सडक निर्माणका लागि ७ लाख, ३ काे सामुदायिक भवन निर्माण (नारेस्वर-भोगटेनी) का लागि ७ लाख, ४ काे शहिद जुना तथा राममाया स्मृति भवन अधूरो निर्माणका लागि ७ लाख, ५ काे अपांग भवन स्वाँरा अधूरो निर्माणका लागि ४ लाख, ६ काे संचारमार्ग सामुदायिक भवन अधुरो भवन निर्माणका लागि ६ लाख, ७ काे नयाबसपार्क सामुदायिक भवन निर्माणका लागि ५ लाख, ५ काे रोकाङ बहुउद्देश्यीय कृषि फार्म निर्माणका लागि ९ लाख, २ काे खानेपानी मर्मत तुरतुरे धारा ट्यांकी निर्माणका लागि ६ लाख, ५ काे एकीकृत माछापालन पुर्बाधार तथा अन्य ब्यबस्थापन, बोहोराबेसीका लागि ७ लाख र ४ मा आरुस्वाँरा मेलबिसौना मुस्लिम कब्रस्थान कम्पाउडिङ निर्माणका लागि ६ लाख रकम विनियोजन गरिएको छ ।
याे पनि,
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : सांसद बस्नेतले छानेका यी हुन् ३० योजना
प्रदेश सांसदकाे ‘बारपाक-सुलिकाेट माेह’ : १७ याेजनालाई १ कराेड १० लाख [योजना र बजेटको विवरणसहित]