गाेरखा- निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तरर्गत जनता समाजवादी पार्टी (जसपा)का सांसद हरिशरण आचार्यले गाेरखा क्षेत्र न २ (क)मा विभिन्न २९ याेजनाका लागि बजेट बाँडफाँट गरेका छन् । सांसद आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न योजनामा बजेट बाँडफाँट गरेका हुन् ।
उनले आर्थिक बर्ष २०७८/०७९ का लागि ६ लाख प्रशासनिक खर्च भन्दै १ कराेड ९४ लाख बराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् । २ करोडको बजेट २९ योजनामा बाँडफाँट गरिएको निर्वाचन क्षेत्र पूर्वाधार समितिले जनाएको छ । गोरखाका १२ वटा योजनामा ७९ लाख र पालुङटारका १७ वटा योजनामा १ करोड १५ लाख बजेट छुट्टाएइको छ ।
सबै भन्दा धेरै पालुङटार नगरपालिका वडा नम्बर ९ मा टासी छोइलीङ गुम्बा तथा तामाङ एकता समाज भवन निर्माणका लागि १८ लाख र गोरखा नगरपालिका–१४ मा हटीय बुढीकोटी मन्दिर सिँडी निर्माणका लागि १८/१८ लाख रकम छुट्याइएको छ ।
संघ सरकारले हटाएकाे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम गण्डकी प्रदेश सरकारले भने निरन्तरता दिएकाे छ । हरेक निर्वाचन क्षेत्रमा २ कराेडका दरले बजेट दिएकाे प्रदेश सरकारले प्रदेश सभा ‘क’ मा सांसद आचार्य मात्रै एक्ला सांसद हुन् ।
गोरखाका १२ वटा योजनामा ७९ लाख
वडा न ८ काे सशस्त्र व्यारेक खड्का गाउँ बरभञ्ज्याङ रानीबन बाटो निर्माणका लागि १० लाख, वडा न ९ काे ठिङुरेस्वाँरा भेटनरी हुदै सिर्दिखोला बाटो निर्माणका लागि ५ लाख, वडा न ९ काे सिर्जनशील दलित एकता समाज भवन निर्माणका लागि ५ लाख, वडा न १० काे मुनराइज क्लव, साझा फेदी तथा तीनधारे टोल विकास संस्थान भवन निर्माणका लागि ९ लाख, वडा न ११ काे दरौदी बगर तथा कृषि उत्पादन सहकारी भवन निर्माणका लागि ६ लाख, वडा न १३ काे सत्यदेवी महिना समूह भवन निर्माणका लागि ४ लाख, वडा न १४ काे याङकोट खेलकुद मैदान निर्माण तथा खेलकुद सामाग्री खरिद गर्नका लागि ६ लाख, वडा न ९ काे सल्यान धारा पक्की सडक देखि धारा सम्म जाने सिडी बाटो निर्माणका लागि २ लाख, वडा न ८ काे सम्मिलित आमा समूह भवन निर्माणका लागि ४ लाख, वडा १० काे मस्र्याङदी बचत तथा ऋण सहसकारी सस्था भवन निर्माणका लागि ४ लाख रकम छुटयाइएको छ ।
पालुङटारका १७ वटा योजनामा १ करोड १५ लाख
पालुङटार वडा न १ काे भैसेपानी सामुदायिक भवन निर्माणका लागि ७ लाख, वडा न २ काे ओढारे सामुदायिक भवन निर्माणका लागि ५ लाख र आचार्य गाउँ कुलायन पूर्वाधार निर्माणका लागि १० लाख, वडा न ३ काे कदली सामुदायिक भवन निर्माणका लागि ६ लाख, वडा न ४ काे सिर्जना युवा क्लव भवन निर्माणका लागि ६ लाख, ब्लुस्टार युवा क्लव भवन मर्मत तथा निर्माणका लागि ९ लाख, वडा न ७ काे बोटगाउँ सामुदायिक भवन निर्माणका लागि ६ लाख र सक्रिय महिला समुह भवन निर्माणका लागि ४ लाख रकम छुटयाइएको छ ।
त्यस्तै, वडा न ६ काे च्याङ्ली चर्च निर्माणका लागि ७ लाख, वडा न ९ काे मदने डाँडा चर्च निर्माणका लागि ५ लाख, वडा न १० काे कुनार चोक भारतीगाउँ बज्रेखोला कृषि सडक निर्माणका लागि ५ लाख, वडा न ८ काे डाँडागाउँ गौलिटार रातमाटे कृषि सडक स्तरोन्नतीका लागि ७ लाख, वडा न ८ काे पङडाँडा लामाचौर भवन निर्माणका लागि ३ लाख, वडा न ५ काे शिवशक्ति युवा क्लव भवन निर्माणका लागि ५ लाख, वडा न ६ काे साम्पा छोइलिङ गुम्बाका लागि ८ लाख र वडा न ३ काे डुम्रीडाँडा दलित भवन निर्माणका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।
याे पनि,
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : यी हुन् सांसद थापामगरले छानेका ३० याेजना !
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : सांसद बस्नेतले छानेका यी हुन् ३० योजना
प्रदेश सांसदकाे ‘बारपाक-सुलिकाेट माेह’ : १७ याेजनालाई १ कराेड १० लाख [योजना र बजेटको विवरणसहित]