काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा भागबण्डा खोजेको कुरा अस्वीकार गरेका छन्। उनले आफूले भागबण्डा खोजेको कुरा वाहियत भएको बताएका छन्। एक अन्तर्वार्तामा श्रेष्ठले आफूले भागबण्डा लिएको भन्नु सत्य नभएको बताएका हुन्।
‘मैले भागबण्डा कहाँ खोजें? कहिले खोजें? हिजो मसँग आएका मान्छेहरु यो पार्टीमा जुन जुन पद दिएको छ। त्यसमा उपयुक्त छैन भनेर प्रमाणित गर्नुपर्यो,’ एक अन्तरवार्तामा उनले भनेका छन्, ‘त्यसो हुँदा मैलेभन्दा धेरै भागबण्डा अरुले खोजेका छन् भन्थें हुँला नि ? सबैभन्दा धेरै पद उहाँहरुले ओगट्नुभएको छ। त्यसलाई के भन्ने त? वाहियात कुरा गर्ने ?’
बरु पार्टीमा गुटभन्दा पनि जिम्मेवारी दिएका नेता योग्य र सक्षम छ कि छैन भनेर हेर्नुपर्ने श्रेष्ठले बताए। ‘त्यो जिम्मेवारी दिएको नेता योग्य छ कि छैन, क्षमतावान छ कि छैन, निष्ठावान छ कि छैन भनेर हेर्नुपर्यो,’ उनले भने, ‘कोसँग जोडिएको छ भनेर हेर्न पाइन्छ? त्यो हुँदा ए पूर्व कुनै गुटले भन्नुपर्छ। मैले त्यो भन्न मिल्छ? त्यो वाहियात कुरा हो।’
आफू पार्टीमा सक्रिय नभएको कुरा पनि सत्य नभएको श्रेष्ठले बताए। ‘जहाँसम्म सङ्गठनात्मक सक्रियताको कुरा छ, म सक्रिय नै छु’ श्रेष्ठले भने, ‘यो गुट बनाउने आफ्ना मान्छेलाई पैसा दिएर हो वा प्रलोभन दिएर लेख्न लगाउने मञ्चमा पहिल्यै तयारी गरेर ताली बजाउँ भन्ने म गर्दिनँ। त्यो गर्न पनि मिल्दैन।’
भिडियाे