गाेरखा- नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिक्रारी पालुङटार नगरपालिकाका संयोजक सुर्वण देवकोटाको दुर्घटनामा परि निधन भएको छ । पालुङटार-४ निवासी २४ वर्षीय विद्यार्थी नेता देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मृत्यु भएकाे हाे । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारीसाधन र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।